Tel +977-1-4532270
28
Kartik
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
214080/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
2816.50/-

FINE GOLD (9999)
per 1 tola

रु
249700

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
3285

Notices:

सुन आयातमा लागु हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग

Date: Feb 08, 2021
काठमाडौं- सुनचाँदी ब्यवसायीहरुले सुन आयातमा लागु हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा सँगको भेटमा नेपाल सुनचाँदी ब्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुले शुक्रबार कोटा प्रणाली खारेजीकालागि सुनचाँदी ब्यवसायीले अगाडि सारेको मागमा आवश्यक सहयोगगर्न महासंघसँग आग्रह गरेका हुन् । महासंघका अध्यक्ष गोल्छासँगको भेटकाक्रममा सुनचाँदी ब्यवसायीका तर्फवाट अध्यक्ष माणिकरत्न शाक्यले निर्वाधरुपमा ब्यवसाय सञ्चालनकालागि ब्यवसाय सञ्चालन ल्याउनुपर्ने, निर्यात प्रवद्र्धनकालागि आवश्यक नीतिगत ब्यवस्था हुनुपर्ने, स्वदेशमा नै सुनचाँदी तालिक केन्द्रहरु सञ्चालन गरिनुपर्ने तथा कच्चा सुन प्रशोधन केन्द्र समेत स्थापना गरिनुपर्ने लगायतका बिषयलाई कार्यान्व्यनमा ल्याउन महासंघको सहयोगको अपेक्षा गरिएको बताए । त्यसक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले सुनचाँदी ब्यवसायीका समस्या समाधानकालागि महासंघले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । ब्यवसायीका जायज मागमा महासंघले सदैव सहयोग गर्ने प्रतिवद्धता जनाउँदै अध्यक्ष गोल्छाले अहिलेको खुल्ला बजारमा कोटा प्रणाली ठीक नभएको भन्दै सुनचाँदी ब्यवसायीको आग्रह अनुसार त्यसलाई खारेज गर्न मासंघले पहलकदमी लिने बिश्वास ब्यक्त गरे । आयातित सुन पुनः विदेश नजाओस भन्नकालागि सिमा नाका जोडिएका मुलुकमा भन्दा बढी भन्सार दर कायम गर्नै सकीने ब्यवसायीको सुझाव छ । पछिल्लो समय नेपालमा विभिन्न बाणिज्य बैंकहरु मार्फत दैनिक १० किलो सुन आयात हुँदै आएको छ । केही स्यम अगाडिसम्म दैनिक २० किलो आयात हुँदै आएकोमा कोरोना महामारीपछि सरकारले यसलाई दैनिक १० किलोमा सिमित गरेको हो । देशभर दैनिक सरदर ३० देखि ४० किलोसम्म सुनको माग हुने गरेको विभिन्न अध्ययनवाट देखिएको छ ।



More Albums
लमजुङ सुनचाँदी ब्यवसायी संघको साधराणसभा सम्पन्न
काठमाडौं । लमजुङ सुनचाँदी ब्यà ...

सुनचाँदी ब्यवसायी संघ काठमाडौंको १९ औं साधारणसभा सम्पन्न
काठमाडौं । सुनचाँदी ब्यवसायी à ...

महासंघको नवौं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना
काठमाडौं । नेपाल सुनचाँदी ब्à ...

पेशागत सुरक्षाकालागि एकजुट हुन सुनचाँदी ब्यवसायीको आग्रह
काठमाडौं । सुनचाँदी ब्यवसायीà ...

आर्थिक नियमावलीमा सुनचाँदीका मुद्धा समावेस गर्न ब्यवसायीको आग्रह
काठमाडौं । सुनचाँदी ब्यवसायीà ...

सुनको कोटा दैनिक ३० किलो बनाउन ब्यवसायीको माग, गोल्ड बैंक मार्फत सुनको आयात गर्न र नाका नाकावाट सहज
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

तनहुँ सुनचाँदी व्यवसायी संघ को पाँचौं वार्षिक साधारणसभा एवम् तेस्रो अधिवेशन सम्पन्न
काठमाडौं । तनहुँ सुनचाँदी व्यà ...

सुनचाँदी तथा रत्न आभुषण ब्यवसायी महासंघका अध्यक्ष महर्जनप्रति समवेदना ब्यक्त
काठमाडौं । सुनचाँदी तथा रत्न आ ...

सुन चाँदी व्यवसायी संघ गोरखाको अध्यक्षमा टेकबहादुर बिक चयन
काठमाडौं – सुन चाँदी ब्यवसायी ठ...

बजारमा कच्चा सुनको अभाव, आपूर्ति बढाउन मागगर्दै ब्यवसायी राष्ट्र बैंकमा
काठमाडौं । बजारमा कच्चा सुनको ...