Tel +977-1-4532270
21
Bhadra
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
131430/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
1539/-

FINE GOLD (9999)
per 1 tola

रु
153300

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
1795

Notices:

सुनको आपूर्ति बढाउन सरकार सकारात्मक, छिट्टै निर्णय हुन्छः अर्थमन्त्री पौडेल

Date: Mar 10, 2021
काठमाडौं । सुनको आपूर्ति बढाउन सरकार सकारात्मक वनेको छ । बजारमा सुनको चरम अभाव देखिन थालेपछि कोटा वृद्धिगर्न सरकार तयार भएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारीहरुसँग बुधबार सिंहदरबारमा भएको भेटकाक्रममा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले सुनको आपूर्ति बढाउन सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भैरहेको जनाउँदै केही दिन भित्रै यस बिषयमा निर्णय हुने बताउनुभयो । माग र आपूर्तिवीच चरम सन्तुलन देखिएको स्वीकार गर्दै मन्त्री पौडेलले बजारको अहिलेको वास्तविक मागका बिषयमा ब्यवसायीहरुसँग चासो राख्नु भएको थियो । त्यसक्रममा सभाषद् एवं महासंघका सल्ल्लाहकार छविलाल बिश्वकर्माले ब्यवसायीलाई परेको अप्ठ्याराका बिषयमा अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण गराउनुभएको थियो । त्यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न मन्त्री पौडेलसँग आग्रह गर्नुभयो । उहाँले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको उल्लेख गर्नुभयो । अहिले बजारमा दैनिक ३० किलो सम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनु पर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । आवश्यकता अनुसार कच्चा सुन सहज रुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने र त्यसवाट सरकारी राजस्व समेत गुम्ने खतरा रहेको उहाँले स्मरण गराउनुभयो । पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो । यसैवीच आगमी आर्थिक बर्षको बजेटमा सुनचाँदीको क्षेत्रवाट समुट्नुपर्ने बिषयहरुलाई समेटिएको सुझाव समेत अर्थमन्त्री पौडेललाई बुझाइएको छ ।



More Albums
nuwakot AGM
Nuwakot AGM ...

sunsari Gold and Silver AGM
Sunsari Gold and Silver AGM on 2072/09/20 ...

Lalitpur Gold And Silver Dealers Association's 3rd AGM
...

Bhaktapur Gold And Silver Dealers Association's 2nd AGM
...

Savamukha Badhai
Savamukha Badhai ...

IIJS See OFF
IIJS See OFF ...

Laptop Handover by Executive Member Mr. Rabin Shakya
Laptop Handover by Executive Member Mr. Rabin Shakya( Kavre) ...

Earthquake Relief Fund Handover
...

Training Center ko Training Samapan Tatha Certificate Bitaran Samaroha
Training Samapan Tatha Certificate Bitaran Samaroha on 2071/12/13 at Fenegosida Office Naxal ...

2nd Anniversary of FENEGOSIDA
2nd Anniversary of FENEGOSIDA Celebrate at FENEGOSIDA office meeting hall ...