Tel +977-1-4532270
31
Ashoj
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
221195/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
2872/-

FINE GOLD (9999)
per 1 tola

रु
258000

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
3350

Notices:

सुनको आपूर्ति बढाउन राष्ट्र बैंक सकारात्मक ।

Date: Mar 17, 2021
काठमाडौं । सुनको आपूर्ति बढाउन नेपाल राष्ट्र बैंक सकारात्मक वनेको छ । बजारमा सुनको चरम अभाव देखिन थालेपछि कोटा वृद्धिगर्न राष्ट्र बैंक तयार भएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारीहरु सँग बुधबार भएको भेटकाक्रममा राष्ट्र बैंकका बरिष्ट डेपुटी गभर्नर डा. नीलम ढुङगाना तिम्सिनाले सुनको आपूर्ति बढाउन राष्ट्र बैंक सकारात्मक रहेको बताउनुभयो । उहाँले बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भैरहेको जनाउँदै केही दिन भित्रै यस बिषयमा निर्णय हुने बताउनुभयो । माग र आपूर्तिवीच चरम सन्तुलन देखिएको स्वीकार गर्दै उहाँले अहिलेको बजारको वास्तविक मागका बिषयमा ब्यवसायीहरुसँग चासो राख्नु भएको थियो । सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधमिण्डल सँगको भेटकाक्रममा अर्का डेपुटी गभर्नर बम बहादुर मिश्रले बजारमा सुनको अभाव देखिएको स्वीकार गर्दै माग र आपूर्तिको वीचमा सन्तुलन ल्याउनकालागि आपूर्ति बढाउन राष्ट्र बैंकले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यसक्रममा विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलले कोटा वृद्धिकालागि आवश्यक प्रकृया अगाडि बढाउने प्रतिवद्धता जनाउनुभयो । सोही विभागका उपप्रमूख गुरु प्रसाद पौडेलले ब्यवासायीको माग सिघ्र सम्वोधन हुने बताउनुभयो । त्यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न राष्ट्र बैंकका पदाधिकारीहरु समक्ष आग्रह गर्नुभयो । उहाँले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको उल्लेख गर्नुभयो । अहिले बजारमा दैनिक ३० किलो सम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनु पर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । आवश्यकता अनुसार कच्चा सुन सहज रुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने र त्यसवाट सरकारी राजस्व समेत गुम्ने खतरा रहेको उहाँले स्मरण गराउनुभयो । पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो ।



More Albums
ब्यवसायीक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी ब्यवसायीको आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

प्रादेशिक संरचना अनुसार सुन वितरणको ब्यवस्था मिलाउन आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

वहुमुल्य वस्तुको कारोबार र त्यसको ब्यवस्थापनका बिषयमा छलफल सम्पन्न
काठमाडौं । आन्तरिक राजस्व विभ ...

सुनचाँदी ब्यवसाय प्रवर्धन र प्रविधि हस्तान्तरणकालागि इण्डियन इन्टरन्यासनल ज्वेलरी शो उपलब्धिमूलक
काठमाडौं । भारतको मुम्वइमा भए ...

सुुनचाँदी ब्यवसायका लागि आवश्यक नीति बनाउन सरकार तयार छः मन्त्री वडु
काठमाडौं । उद्योग वाणिज्य तथठ...

विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न आन्तरिक राजस्व विभागको आग्रह
काठमाडौं । आन्तरिक राजस्व विभ ...

सुनचाँदी व्यवसाय सम्बन्धी कानून निर्माणको लागि आग्रह
सुनाखरी न्युज काठमाडौं । नेपठ...

विद्युतीय माध्यमवाट बीजक जारी गर्ने बिषयमा आन्तरिक राजस्व विभागसँग महासंघले गर्यो परामर्श
काठमाडौं । विद्युतीय माध्यमवà ...

सुनचाँदी ब्यवसायी संघ सुर्खेतको आठौं बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । सुनचाँदी ब्यवसायी ...

भक्तपुर सुनचाँदी ब्यवसायी संघको साधारणसभा सम्पन्न
काठमाडौं । भक्तपुर सुनचाँदी ब ...