Tel +977-1-4532270
14
Falgun
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
270405/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4908.50/-

FINE GOLD (9999)
per 1 tola

रु
315400

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
5725

Notices:

सुनको आपूर्ति बढाउन राष्ट्र बैंक सकारात्मक ।

Date: Mar 17, 2021
काठमाडौं । सुनको आपूर्ति बढाउन नेपाल राष्ट्र बैंक सकारात्मक वनेको छ । बजारमा सुनको चरम अभाव देखिन थालेपछि कोटा वृद्धिगर्न राष्ट्र बैंक तयार भएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारीहरु सँग बुधबार भएको भेटकाक्रममा राष्ट्र बैंकका बरिष्ट डेपुटी गभर्नर डा. नीलम ढुङगाना तिम्सिनाले सुनको आपूर्ति बढाउन राष्ट्र बैंक सकारात्मक रहेको बताउनुभयो । उहाँले बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भैरहेको जनाउँदै केही दिन भित्रै यस बिषयमा निर्णय हुने बताउनुभयो । माग र आपूर्तिवीच चरम सन्तुलन देखिएको स्वीकार गर्दै उहाँले अहिलेको बजारको वास्तविक मागका बिषयमा ब्यवसायीहरुसँग चासो राख्नु भएको थियो । सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधमिण्डल सँगको भेटकाक्रममा अर्का डेपुटी गभर्नर बम बहादुर मिश्रले बजारमा सुनको अभाव देखिएको स्वीकार गर्दै माग र आपूर्तिको वीचमा सन्तुलन ल्याउनकालागि आपूर्ति बढाउन राष्ट्र बैंकले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यसक्रममा विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलले कोटा वृद्धिकालागि आवश्यक प्रकृया अगाडि बढाउने प्रतिवद्धता जनाउनुभयो । सोही विभागका उपप्रमूख गुरु प्रसाद पौडेलले ब्यवासायीको माग सिघ्र सम्वोधन हुने बताउनुभयो । त्यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न राष्ट्र बैंकका पदाधिकारीहरु समक्ष आग्रह गर्नुभयो । उहाँले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको उल्लेख गर्नुभयो । अहिले बजारमा दैनिक ३० किलो सम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनु पर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । आवश्यकता अनुसार कच्चा सुन सहज रुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने र त्यसवाट सरकारी राजस्व समेत गुम्ने खतरा रहेको उहाँले स्मरण गराउनुभयो । पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो ।



More Albums
काठमाडौं उपत्यका वाहिरवाट पनि सुन वितरणगर्ने ब्यवस्था सहजगर्न वैंकर्ष संघ सहमत
काठमाडौं । नेपाल बैंकर्ष संघ ठ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र चेम्वरका प्रतिनिधिमण्डलवीच भेटबार्ता
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

नवनियुक्त अध्यक्ष माणिकरत्न शाक्यद्धारा पदभार ग्रहण
काठमाडौं- नेपाल सुनचाँदी ब्यव ...

माणिकरत्न शाक्यको अध्यक्षतामा शर्वसम्मत नयाँ नेतृत्व
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

Chitwon gold and silver dealers association AGM
Chitwon gold and silver dealers association AGM ...

Dang tulsipur Gold and silver dealers Assocaition AGM
Dang tulsipur Gold and silver dealers Assocaition AGM ...

Lalitpur gold and silver dealers association annual AGM program
Lalitpur gold and silver dealers association annual AGM program ...

Bisesh Sadharan sava
...

4th Sthapana Diwas
...

Rastriya vela 2073.10.17
Rastriya vela 2073.10.17 ...