Tel +977-1-4532270
11
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
116170/-

TEJABI GOLD
per 10 grm

Nrs
115610/-

SILVER
per 10 grm

Nrs
1423/-

FINE GOLD (9999)
per 1 tola

रु
135500

TEJABI GOLD
per 1 tola

रु
134850

SILVER
per 1 tola

रु
1660

Notices:

नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रदेश स्तरीय वैठक सम्पन्न

Date: Jul 15, 2021
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रदेश स्तरीय वैठक सम्पन्न भएको छ । महासंघको आयोजनामा देशका सातै प्रदेशमा २०७८ असार २३ गते देखि आयोजना गरिएको सप्ताहब्यापी भर्चुवल वैठक ३० असारमा सकिएको हो । सुनचाँदी ब्यवसाय र यस क्षेत्रका विभिन्न बिषयवस्तु माथि केन्द्रिर रहेर बैठकको आयोजना गरिएको हो । बैठकमा सुनचाँदी ब्यवसायमा देखिएका मसस्या र तीनको निराकरणकालागि चाल्नुपर्ने कदम लगायतका बिषयमा छलफल भएको थियो । त्यसक्रममा महासंघका अध्यक्ष माणिक रत्न शाक्यले ब्यवसायीलाई जागरुक वनाउन, उनीहरुलाई परेका बाधा ब्यवधान हटाउन र ब्यवसायीक सचेतना वृद्धिगर्न सवै प्रदेशलाई समेटेर दैनिकरुपमा सात दिनसम्म बैठकको आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार बैठकमा ब्यवसायीहरुले ब्यवसाय सञ्चालनमा क्रममा देखिएका समस्याका बारेमा जानकारी गराएका थिए । त्यसक्रममा महासंघका तर्फवाट ब्यवसायीमाथि परेका अप्ठ्यारा कुराहरुको समाधानकालागि महासंघले पहल गर्ने आश्वासन दिइएको छ । सप्ताहब्यापी भर्चुवल वैठकमा ब्यवसायीहरुले कच्चा पदार्थको पर्याप्त आपूर्ति हुन नसकेको, नेपाल राष्ट्र बैंकले विभिन्न नाकाहरुवाट स्थानियरुपमा नै सुन उपलब्ध गराउने ब्यवस्था गरेको भए पनि बैंकहरुरुले त्यस अनुसार सहजरुपमा स्थानिय स्तरवाट सुन उपलब्ध नगराएको बताए । यस्तै वैठकमा महासंघ प्रदेश संरचनामा गए पनि कतिपय बिषयरुमा प्रष्टता नहुँदा कार्य सम्पादनमा बाधा पुगेको, कोरोना महामारिका कारण लाामो समय सम्म ब्यवसाय सञ्चालन गर्न नसक्दा आर्थिक समस्या सृजना भएको लगायतका बिषयमा छलफल भएको थियो । त्यसक्रममा मासंघका महासचिव धर्मशुन्दर बज्राचार्यले महासंघका विभिन्न गतिविधीलाई समेटेर कार्यपत्र प्रश्तुत गर्नु भएको थियो । त्यसमा महासंघले हालसम्म गरेका गतिविधी र आगामी दिनमा गर्नुपर्ने कार्यहरुलाई समेटिएको थियो । महासंघका अध्यक्ष शाक्यको अध्यक्षतामा भएको वैठकमा निवर्तमान अध्यक्ष मोहन कुमार सुनार, विशिष्ट सदस्य मणि रत्न शाक्य, वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, प्रथम उपाध्यक्ष मोहनकाजी शाक्य, दित्तिय उपाध्यक्ष दियस रत्न शाक्य, तृतिय उपाध्यक्ष विपिन रामुदामु, महासचिव बज्राचार्य, सचिव द्धय किरण भाई वज्राचार्य र वावुराम विश्वकर्मा, कोषाध्यक्ष सुदिप श्रेष्ठ लगायको सहभागिता थियो । यस्तै वैठकमा महासंघका विभिन्न पदाधिकारी एवं प्रदेश तथा जिल्ला नगर संघका पदाधिकारी तथा सदस्यहरुको पनि सहभागिता रहेको थियो ।



More Albums
सुनको आपूर्ति बढाउन वाणिज्य मन्त्री भट्ट सँग आग्रह
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट ...

सुनको आपूर्ति तत्काल बढाउन माग
काठमाडौं । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति ...

नेपाल सुनचाँदी ब्यबसायी महासंघको प्रतिनिधीमण्डल र शिक्षा मन्त्रि श्रेष्ठबीच भेटवार्ता सम्पन्न
काठमाडौं- नेपाल सुनचाँदी ब्यबसायी महासंघको प्रतिनिधीमण्डल ...

आमस्मिक पदाधिकारी वैठक सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महसंघको आकस्मिक पदाधिक ...

नुवाकोट सुनचाँदी व्यवसायी संघको सातौ र आठौ साधारणसभा सम्पन्न
नुवाकोेट । नुवाकोट सुनचाँदी व्यवसायी संघको सातौ र आठौ वार्ष ...

सुनचाँदी व्यवसायी संघ कास्कीको पदस्थापन
काठमाडौं सुनचाँदी व्यवसायी संघ कास्कीको तेस्रो अधिवेशनबाट ...

जेम्स एण्ड ज्वेलरी काउन्सिलको पुनर्गठन ।
काठमाडौं- सुनचाँदी ब्यवसायको प्रवद्र्धन गर्ने प्रमूख उद्ध ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको पहिलो पूर्ण वैठक सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको पहिलो पूर्ण वै ...

स्वदेशी श्रम र शीपलाई प्रवद्र्धनगर्न गभर्नर अधिकारीको आग्रह, भुक्तानीमा डिजिटल प्रणाली ‘क्युआर कोड’
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारील ...

सुनको आपूर्ति ब्यवस्था सहज वनाइने
???????? ? ??????? ??????? ?????? ????? ???? ????? ???? ? ?????? ????? ???????? ?? ????????? ? ?????????? ?????? ???? ? ? काठमाडौं । वि ...