Tel +977-1-4532270
12
Ashad
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
239285/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
3583.50/-

FINE GOLD (9999)
per 1 tola

रु
279100

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4180

Notices:

प्रधानमन्त्री शेरबहादुर देउवा र महासंघका पदाधिकारीहरुवीच भेटवार्ता

Date: Jul 26, 2021
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र नेपाल सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारीहरुवीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शोमबार विहान भएको भेटवार्तामा महासंघका पदाधिकारीहरुले सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी प्रष्ट ऐन ल्याउन आग्रह गरे । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त प्रधानमन्त्री देउवासँग प्रष्ट ऐन तथा नीति निर्देशिकाको अभावमा ब्यवसाय सञ्चालनमा कठीनाई उत्पन्न भएको भन्दै यथासिघ्र ऐन निर्माणकालागि सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यसक्रममा प्रधानमन्त्री देउवाले सुनचाँदी ब्यवसायी महासंघले राखेमा माग सम्वोधनगर्न पहल गर्ने आश्वासन दिनुभयो । उहाँले ब्यवसायीमाथि परेमा समस्या समाधानगर्न सरकार सदैव तयाररहेको बताउनुभयो । त्यसक्रममा नेपाली कााग्रेसका साँसद मिन वहादुर विश्वकर्माले ब्यवसायीका लागि आवश्यक पर्ने ऐन निर्माणक लागि आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिविद्धता ब्यक्र गर्नुभयो । उहाँले सुनचाँदीको कारोबार सम्वन्धी ऐन नहुँदा सुनचाँदी ब्यवसाय सञ्चालनमा समस्या आएको बिषयमा आफू जानकार रहेको उल्लेख गर्दै यो समस्या सिघ्र समाधान हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । प्रधानमन्त्री देउवासँगको भेटकाक्रममा महासंघका अध्यक्ष शाक्यले सुनचाँदी ब्यवसायमा देखिएका समस्याका बिषयमा जानकारी गराउनुभएको थियो । त्यसक्रममा नवनियुक्त प्रधानमन्त्री देउवालाई महासंघका अध्यक्ष शाक्यले महासंघकका तर्फवाट बधाई दिनुहुँदै सफल कार्यकालकालागि शुभकामना ब्यक्त गर्नुभएको थियो । भेटकाक्रममा महासघका तर्फवाट उपाध्यक्षहरु विपिन रामुदामु, शिव सर्राफ, महेन्द्र रत्न शाक्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सचिव किरणभाई बज्राचार्य, सदस्य सुविन बज्राचार्य लगायतको सहभागिता थियो ।



More Albums
सुनचाँदी क्षेत्रको विकास र विस्तारका लागि यो क्षेत्रका एजेण्डा राष्ट्रिय नीतिमा समावेस गरिने
काठमाडौं । सुनचाँदी क्षेत्रठ...

रूपन्देही सुन चाँदी व्यावसायि सघं को पाचौं साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न
काठमाडौं । रूपन्देही सुन चाँद ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल बंगलादेश बैंक वीच बैंकिङ साझेदारी सम्वन्धी सम्झौता
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

सुनको आपूर्ति बढाउन राष्ट्र बैंक सकारात्मक ।
काठमाडौं । सुनको आपूर्ति बढाठ...

राज्यले व्यवसायीक लगानीको सुरक्षा गर्नुपर्छः अध्यक्ष शाक्य
तुलसीपुर- नेपाल सुनचाँदी व्यवà ...

सुनको आपूर्ति बढाउन सरकार सकारात्मक, छिट्टै निर्णय हुन्छः अर्थमन्त्री पौडेल
काठमाडौं । सुनको आपूर्ति बढाठ...

दौड प्रतियोगितामा महासंघका अध्यक्ष शाक्य बिजयी
काठमाडौं- नेपाल चेम्वस अफ कमरॠ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको आठौं स्थापना दिवस भब्यरुपमा सम्पन्न
काठमाडौं- नेपाल सुनचाँदी ब्यव ...

सुनको आपूर्ति बढाउन वाणिज्य मन्त्री भट्ट सँग आग्रह
काठमाडौं । उद्योग, वाणिज्य तथठ...

सुनको आपूर्ति तत्काल बढाउन माग
काठमाडौं । बजारमा कच्चा सुनको ...