Tel +977-1-4532270
17
Baisakh
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
161265/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
1684.50/-

FINE GOLD (9999)
per 1 tola

रु
188100

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
1965

Notices:

पेशागत सुरक्षाकालागि एकजुट हुन सुनचाँदी ब्यवसायीको आग्रह

Date: Jan 18, 2022
काठमाडौं । सुनचाँदी ब्यवसायीहरुले ब्यवसायीक सुरक्षाकालागि ब्यवसायिहरुवीच एकता हन्ुपर्ने खाँचो औंल्याएका छन् । ब्यवसायीवीच एकता हुन नसके त्यसको अशर समग्र सुनचाँदी ब्यवसायमा पर्ने भएकोले एकै प्रकृतिका संस्थाहरु आपसमा मिलेर अगाडि बढ्नु पर्ने खाँचो उनीहरुले औंल्याए । नेपाल सुनचाँदी ब्यवसायी महासंघले नेपाल सुनचाँदी रत्न तथा आभुषण ब्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा शोमबार काठमाडौंमा आयोजना गरेको वधाई तथा स्वागत कार्यक्रममा सहभागी ब्यवसायीहरुले दुई महासंघवीच आपसीएकताको खाँचो औल्याए । कार्यक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघ अध्यक्ष माणिक रत्न शाक्यले ब्यवसायीहरु एकजुट भएर अगाडि बढ्न सके जस्तो सुकै अप्ठ्यारा र चुनौतिहरुलाई पनि सहजै चिर्न सकीने बताउनुभयो । सुनचाँदी ब्यवसायीले कच्चा पदार्थको अभाव देखि अन्य धेरै समस्या झेल्नु परेको उल्लेख गर्दै यसका समाधानका लागि नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण ब्यवसायी महासंघवीच कम्तिमा पनि साझा मुद्धामा एकता हुनुपर्ने आवश्यकता औंल्याउनुुभयो । त्यसक्रममा रत्न तथा आभुषण ब्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष सुरेश मान शाक्यले सवै सुनचाँदी ब्यवसायीका मुद्धा एउटै भएकोले सवै मिलेर अगाडि बढ्नुपर्ने खाँचो औल्याउनुभयो । त्यसक्रममा महासंघका बिशिष्ट सदस्य मणिरत्न शाक्यले दुई महासंघवीच कम्तिमा पनि कार्यगत एकता हुनुपर्ने खाँचो औंल्याउनुभयो । कार्यक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका तर्फवाट नेपाल सुनचाँदी रत्न तथा आभुषण ब्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरिएको थियो ।



More Albums
आर्थिक विकास र रोजगारीको अवसर सृजना गर्नमा सुनचाँदी क्षेत्रको योगदान महत्वपूर्णः डा. पौडेल
काठमाडौं । राष्ट्रिय योजना आयोगमा नवनियुक्त उपाध्यक्ष डा. व ...

समस्या समाधानगर्न पहल गर्छौंः गृहमन्त्री खाँड
सुनचाँदी ब्यवसाय सञ्चालनमा देखिएका काठमाडौं । गृहमन्त्री ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपाल वीच भुक्तानी सेवा सम्वन्धी सम्झौता
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट न ...

प्रधानमन्त्री शेरबहादुर देउवा र महासंघका पदाधिकारीहरुवीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र नेपाल सुनचाँदी ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रदेश स्तरीय वैठक सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रदेश स्तरीय ...

महासंघका कर्मचारी स्वर्गिय सुनिल श्रेष्ठको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघका कर्मचारी स्वर ...

कोरोनावाट जोगिन सुनचाँदी ब्यवसायी महासंघले चलायो सचेतना अभियान
काठमाडौं । बिश्वब्यापी महामारीकारुपमा फैलिएको कोभिड १९ वा ...

दुई महिने गहना बनाउने तालिम शुरु
कास्की । नेपाल सुनचाँदी व्यवसायी महासँघ गण्डकी प्रदेशको आय ...

प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीसँग भेट
प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीसँगको भेटपछि नेपाल स ...

महान्यायाधिवक्ता रमेश बडालसंग समसामयिक बिषयमा छलफल
महान्यायाधिवक्ता रमेश बडालसंग समसामयिक बिषयमा छलफल गर्दै न ...