Tel +977-1-4532270
9
Baisakh
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
257630/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4398/-

FINE GOLD (9999)
per 1 tola

रु
300500

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
5130

Notices:

नेपाल सुनचाँदी ब्यवसायी महासंघको दशौं स्थापना दिवस भब्यताका साथ सम्पन्न

Date: Mar 04, 2023
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको दशौं स्थापना दिवस भब्यताका साथ सम्पन्न भएको छ । २०७९ फागुन २० गते शनिबार महासंघको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा आयोजित एक बिशेष समारोहकावीच स्थापना दिवस मनाइएको हो । त्यसक्रममा महासंघका अध्यक्ष माणिक रत्न शाक्यले नेपाली परम्परा अनुसार दहीको सगुन बाँडेर स्थापना दिवसको उद्घाटन गर्नुभयो । त्यसक्रममा उहाँले माहासंघको स्तापना भएको १० बर्ष भैसेकेको भन्ज्दै यस अवधिमा महासंघले धेरै काम गरेको रबााकी काम पनि सवै मिलेर गर्नुपर्ने खाँचो औंल्याउनुभयो । त्यसक्रममा महासंघका कस्लाहकार तेजरत्न शाक्यले महासंघको स्थापना देखि हालसम्मका विभिन्न पक्ष बारे प्रकाश पार्नुभयो । यस्तै महासंघका संस्थापक अध्यक्ष एवं विशिष्ट सदस्य मणिरत्न शाक्यले महासंघको स्थपना र त्यस यताका उपलब्धीका बारेमा चर्चा गर्नुभयो । महासंघका महासचिव धर्मशुन्दर बज्राचार्यले सञ्चालन गर्नुभएको सो कार्यक्रममा महासंघका उपाध्यक्ष दियेस रत्न शाक्य तथा महेन्द्र रत्न शाक्य, सचिव किरण भाई बज्राचार्य, सह कोषाध्यक्ष पद्मशुन्दर शाक्य लगायतका विभिन्न पदाधिकारी एवं सदस्य तथा कर्मचारीहरुको सहभागिता थियो । यसैवीच महासंघले आफ्नो १० औं स्थापना दिवसकै अवसरमा शनिबार दिउँसो काठमाडौंको मूलपानि स्थित आमाको मायाँ छात्रावासका विद्यार्थीहरुलाई खाद्यान्न, लत्ताकपडा तथा स्टेशनरी र खेलकुदमा सामाग्रि उपलब्ध गराएको छ । महासंघले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत अनाथ विद्यार्थीहरु रहेको सो छात्रावासलाई सहयोग गरेको हो । सो छात्रावासमा प्रमूख मदन चौधरीका अनुसार विभिन्न जिल्लाका ३० भन्दा बढी अनाथ विद्यार्थी उक्त छात्रावासमा आश्रित रहेका छन् । १० औं स्थापना दिवसकै अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना भएको छ । महासंघका प्रवक्ता मनोजकुमार साहका अनुसार यस अवसरमा विभिन्न प्रदेश महासंघ तथा जिल्ला तथा नगर संघहरुलले आ आफ्नो तरिकाले यो दिवस मनाएका छन् । महासंघका उपाध्यक्ष शिव कुमार सर्राफको अध्यक्षतामा बारा सुनचाँदी ब्यवसायी संघले हर्षोल्लासको साथ स्थापना दिवस मनाएको छ । यस्तै यस अवसरमा प्रवक्ता साहको प्रमूख आतिथ्यता तथा मधेश प्रदेशका सभापति रामजी साहको अध्यक्षतामा मधेश प्रदेशले होली मिलन समारोहको आयोजना गर्यो ।



More Albums
लमजुङ सुनचाँदी ब्यवसायी संघको साधराणसभा सम्पन्न
काठमाडौं । लमजुङ सुनचाँदी ब्यà ...

सुनचाँदी ब्यवसायी संघ काठमाडौंको १९ औं साधारणसभा सम्पन्न
काठमाडौं । सुनचाँदी ब्यवसायी à ...

महासंघको नवौं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना
काठमाडौं । नेपाल सुनचाँदी ब्à ...

पेशागत सुरक्षाकालागि एकजुट हुन सुनचाँदी ब्यवसायीको आग्रह
काठमाडौं । सुनचाँदी ब्यवसायीà ...

आर्थिक नियमावलीमा सुनचाँदीका मुद्धा समावेस गर्न ब्यवसायीको आग्रह
काठमाडौं । सुनचाँदी ब्यवसायीà ...

सुनको कोटा दैनिक ३० किलो बनाउन ब्यवसायीको माग, गोल्ड बैंक मार्फत सुनको आयात गर्न र नाका नाकावाट सहज
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

तनहुँ सुनचाँदी व्यवसायी संघ को पाँचौं वार्षिक साधारणसभा एवम् तेस्रो अधिवेशन सम्पन्न
काठमाडौं । तनहुँ सुनचाँदी व्यà ...

सुनचाँदी तथा रत्न आभुषण ब्यवसायी महासंघका अध्यक्ष महर्जनप्रति समवेदना ब्यक्त
काठमाडौं । सुनचाँदी तथा रत्न आ ...

सुन चाँदी व्यवसायी संघ गोरखाको अध्यक्षमा टेकबहादुर बिक चयन
काठमाडौं – सुन चाँदी ब्यवसायी ठ...

बजारमा कच्चा सुनको अभाव, आपूर्ति बढाउन मागगर्दै ब्यवसायी राष्ट्र बैंकमा
काठमाडौं । बजारमा कच्चा सुनको ...