Tel +977-1-4532270
32
Ashad
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
244515/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
3708/-

FINE GOLD (9999)
per 1 tola

रु
285200

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4325

Notices:

Press Release

नेपाली मौलिक गरगहना निर्यातमा जोड

Posted: 07 February, 2021



नेपाली मौलिक गरगहना निर्यातमा जोड
काठमाडौं ।
सुनचाँदी ब्यवसायीले नेपाली मौलिक गरगहना निर्यातमा जोड दिएका छन् । नेपाली परम्परागत कला कौशल युक्त गरगहनाको निर्यातवाट रोजगारी प्रवद्र्धन गर्दै मुलुकमा विदेशी मुद्रा आर्जनको समेत प्रशस्त संभावना औंल्याउँदै ब्यवसायीहरुले यसकालागि सम्वद्ध सवैको पहलकदमी आवश्यक रहेको बताएका हुन् । 
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले नेपाली मैलिक गरगहनाको निर्यातवाट ब्यवसाय वृद्धि मात्र नभई मुलुकभित्रै प्रशस्त रोजगारीको अवसर समेत सृजना हुने तथा मुलुकमा विदेशी मुद्रा भित्रने संभावना पनि बढ्ने भएकोले यसतर्फ सरकार र ब्यवसायी सवैको ध्यान जान आवश्यक भएको बताउनुभयो । 
मकवानपुर सुनचाँदी ब्यवसायी संघको तेस्रो बार्षिक साधारणसभाका अवसरमा महासंघका अध्यक्ष शाक्यको प्रमूख आतिथिको आशनवाट बोल्दै कच्चापदार्थको पर्याप्त आपूर्तिकालागि विद्यमान कोटामा वृद्धिगर्नकालागि आवश्यक पहल भैरहेको बताउनुभयो । 
मकवानपुरस्थित भैरव रोड ५ को पुजा बैंकेट पार्टी प्यालेशमा २०७७ माघ २५ गते सो साधारणसभा सम्पन्न भएको सो साधराणसभामा उहाँले प्रदेश संरचनालाई थप ब्यवस्थित र मर्यादिन वनाउने काम समेत भैरहेको बताउनुभयो । 
त्यसक्रममा महासंघका उपाध्यक्ष दियेस रत्न शाक्यले ब्यवसाय सञ्चालनकाक्रममा देखिएका समस्या समाधान हुनुपर्नेमा जोड दिनुभयो । वाग्मति प्रदेशका संयोजक ज्योति रत्न बज्राचार्य, मकवानपुर सुनचाँदी ब्यवसायी संघका संघका पुर्व अध्यक्ष एवं सल्लाहकार पूर्णरत्न शाक्य, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रमेलाला महर्जन लगायतका कार्यक्रममा आफ्नो भनाई राख्नु भएको थियो ।  
संघका अध्यक्ष केशव रसाइलीको  अध्यक्षतामा सम्पन्न साधारणसभामा महासंघका तर्फवाट अध्यक्ष माणिकरत्न शाक्य, उपाध्यक्ष दियेस रत्न शाक्य तथा सदस्यहरु सुविन शाक्य र प्रकाशचन्द्र शाक्यको सहभागिता रहेको थियो ।