Tel +977-1-4532270
27
Chaitra
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
254545/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4252.50/-

FINE GOLD (9999)
per 1 tola

रु
296900

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4960

Notices:

Recent News

सुनको आपूर्ति तत्काल बढाउन माग

Posted: 02 March, 2021



सुनको आपूर्ति तत्काल बढाउन माग
काठमाडौं । 
बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी ब्यवसायीहरुले सरकारसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा मंगलबार गएको सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधीमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराइसँग भेटगरी कच्चा पदार्थको अभावका कारण बजारमा विकराल समस्या सृजना भैसकेको भन्दै तत्काल कोटा वृद्धिगर्न माग गेको हो । 
ब्यवसायीसँगको भेटपछि सचिव भट्टराइले कोटा वृद्धिगरी बजारमा देखिएको अभाव हटाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले आपूर्ति कम भएका कारण बजारमा सुनको अभाव देखिएको स्वीकार गर्दै सम्वन्धित निकायहरुसँग आवयक परामर्शगरी सिघ्र समस्याको समाधान गरिने बताउनुभयो । सचिव भट्टराइले आपूर्ति ब्यवस्था प्रभावकारी नहुँदा अवैध कारोबार फस्टाउन सक्ने तचर्फपनि सरकार सचेत रहेको उल्लेख गर्दै ब्यवसायीका माग सिघ्र सम्वोधन गर्ने प्रद्धिवतता जनाउनुभयो । 
सचिव भट्टराइले सुनचाँदी ब्यवसाय सञ्चालनकालागि आवश्यक पर्ने नीतिगत ब्यवस्थाकालागि यसअघि नै मस्यौदा तयार भैसकेकोे उल्लेख गर्दै त्यसलाई सिघ्र कार्यान्वयनमा ल्याउन आफू प्रतिवद्ध रहेको बताउनुभयो । सुनचाँदी ब्यवसाय प्रवद्र्धनका लागि आवश्यकता अनुसार तालिमको ब्यवस्था गर्न, रोजगारिका अवसर बढाउन, सुनका गरगहना निर्यातकालागि आवश्यक सहज वातवारण निर्माण गर्न तथा ब्यवसायीहरुरका तर्फवाट अगाडि सारिएका अन्य मागहरुलाई सम्वोधनगर्न आफूले सम्वन्धित निकायसँग छलफल र सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।
त्यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समासधानगर्न सचिव भट्टराईसुँग आग्रह गर्नुभयो । उहाँले सरकारले कोभिडका कारण भएको लकडाउनकाक्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको उल्लेख गर्नुभयो । अहिले बजारमा दैनिक २५ देखि ३० किलो सम्म सुनको माग रहेकोले तत्कालकालागि सोही परिमाणमा सुन उपलब्ध गराउनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । आवश्यकता अनुसार कच्चा सुन सहजरुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने र त्यसवाट सरकारी राजस्व समेत गुम्ने खतरा रहेको उहाँले स्मरण गराउनुभयो । 
पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो ।