Tel +977-1-4532270
25
Jestha
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
257115/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4205.25/-

FINE GOLD (9999)
per 1 tola

रु
299900

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4905

Notices:

Recent News

नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रदेश स्तरीय वैठक सम्पन्न

Posted: 15 July, 2021



नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रदेश स्तरीय वैठक सम्पन्न
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रदेश स्तरीय वैठक सम्पन्न भएको छ । महासंघको आयोजनामा देशका सातै प्रदेशमा २०७८ असार २३ गते देखि आयोजना गरिएको सप्ताहब्यापी भर्चुवल वैठक ३० असारमा सकिएको हो । 
सुनचाँदी ब्यवसाय र यस क्षेत्रका विभिन्न बिषयवस्तु माथि केन्द्रिर रहेर बैठकको आयोजना गरिएको हो । बैठकमा सुनचाँदी ब्यवसायमा देखिएका मसस्या र तीनको निराकरणकालागि चाल्नुपर्ने कदम लगायतका बिषयमा छलफल भएको थियो । 
त्यसक्रममा महासंघका अध्यक्ष माणिक रत्न शाक्यले ब्यवसायीलाई जागरुक वनाउन, उनीहरुलाई परेका बाधा ब्यवधान हटाउन र ब्यवसायीक सचेतना वृद्धिगर्न सवै प्रदेशलाई समेटेर दैनिकरुपमा सात दिनसम्म बैठकको आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार बैठकमा ब्यवसायीहरुले ब्यवसाय सञ्चालनमा क्रममा देखिएका समस्याका बारेमा जानकारी गराएका थिए । त्यसक्रममा महासंघका तर्फवाट ब्यवसायीमाथि परेका अप्ठ्यारा कुराहरुको समाधानकालागि महासंघले पहल गर्ने आश्वासन दिइएको छ । 
सप्ताहब्यापी भर्चुवल वैठकमा ब्यवसायीहरुले कच्चा पदार्थको पर्याप्त आपूर्ति हुन नसकेको, नेपाल राष्ट्र बैंकले विभिन्न नाकाहरुवाट स्थानियरुपमा नै सुन उपलब्ध गराउने ब्यवस्था गरेको भए पनि बैंकहरुरुले त्यस अनुसार सहजरुपमा स्थानिय स्तरवाट सुन उपलब्ध नगराएको बताए । यस्तै वैठकमा महासंघ प्रदेश संरचनामा गए पनि कतिपय बिषयरुमा प्रष्टता नहुँदा कार्य सम्पादनमा बाधा पुगेको, कोरोना महामारिका कारण लाामो समय सम्म ब्यवसाय सञ्चालन गर्न नसक्दा आर्थिक समस्या सृजना भएको लगायतका बिषयमा छलफल भएको थियो ।  
त्यसक्रममा मासंघका महासचिव धर्मशुन्दर बज्राचार्यले महासंघका विभिन्न गतिविधीलाई समेटेर कार्यपत्र प्रश्तुत गर्नु भएको थियो । त्यसमा महासंघले हालसम्म गरेका गतिविधी र आगामी दिनमा गर्नुपर्ने कार्यहरुलाई समेटिएको थियो ।
महासंघका अध्यक्ष शाक्यको अध्यक्षतामा भएको वैठकमा निवर्तमान अध्यक्ष मोहन कुमार सुनार, विशिष्ट सदस्य मणि रत्न शाक्य, वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, प्रथम उपाध्यक्ष मोहनकाजी शाक्य, दित्तिय उपाध्यक्ष दियस रत्न शाक्य, तृतिय उपाध्यक्ष विपिन रामुदामु, महासचिव बज्राचार्य, सचिव द्धय किरण भाई वज्राचार्य र वावुराम विश्वकर्मा, कोषाध्यक्ष सुदिप श्रेष्ठ लगायको सहभागिता थियो । यस्तै वैठकमा महासंघका विभिन्न पदाधिकारी एवं प्रदेश तथा जिल्ला नगर संघका पदाधिकारी तथा सदस्यहरुको पनि सहभागिता रहेको थियो ।