Tel +977-1-4532270
25
Jestha
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
257115/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4205.25/-

FINE GOLD (9999)
per 1 tola

रु
299900

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4905

Notices:

Recent News

नेपाल चेम्बर अफ कमर्सको सुन चांदी रत्न आभूषण खानी तथा भूगर्भ समिति गठन, उपसभापतिमा महासंघका उपाध्यक्ष शाक्य

Posted: 21 July, 2021



नेपाल चेम्बर अफ कमर्सको सुन चांदी रत्न आभूषण खानी तथा भूगर्भ समिति गठन, उपसभापतिमा महासंघका उपाध्यक्ष शाक्य
 
 à¤•ाठमाडौं-
नेपाल चेम्बर अफ कमर्सले सुन चांदी रत्न आभूषण खानी तथा भूगर्भ समिति गठन गरेको छ । चेम्बरको कार्य समिति सदस्य रमेश महर्जनको सभापतित्वमा गठित समितिको उपसभापतिमा नेपाल सुनचाँदी महासंघका उपाध्यक्ष दियेश रत्न शाक्य मनोनित हुनु भएको छ । यस्तै समितिकोअर्का उपसभापतिमा सुमन मान ताम्राकार तथा सदस्यहरुमा क्रमश केशर सेन्चुरी, विशन शाक्य, विद्यासागर ताम्राकार , किशोर पाण्डे, सुर्य कुमार वराल, अर्जुन विश्वकर्मा मनोनित हुनु भएको छ ।
 
 
 
 
नव मनोनित पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्नु हुंदै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले यस समितिमा सुन चांदी रत्न आभूषण खानी तथा भूगर्भ क्षेत्रमा लामो अनुभव हाशिल गर्नु भएका महानुभावहरुको प्रतिनिधित्व भएकोले चेम्बरको सुन चांदी रत्न आभूषण खानी तथा भूगर्भ क्षेत्रको प्रवद्र्धनको लागि तय गरिने नीति तथा पैरवीको लागि उल्लेखनिय भूमिका निर्वाह गर्नु हुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गर्नु भयो । सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालको पनि उपस्थिति थियो ।