Tel +977-1-4532270
32
Ashad
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
244515/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
3708/-

FINE GOLD (9999)
per 1 tola

रु
285200

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4325

Notices:

Recent News

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपाल वीच भुक्तानी सेवा सम्वन्धी सम्झौता

Posted: 01 August, 2021



नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपाल वीच भुक्तानी सेवा सम्वन्धी सम्झौता
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपाल वीच भुक्तानी सेवा सम्वन्धी सम्झौता भएको छ । महासंघको केन्द्रिय कार्यालय नक्सालमा साउन १७ गते आइतबार आयोजित एक समारोहका वीच महासंघका अध्यक्ष माणिक रत्न शाक्य र गेटवे पेमेण्ट नेपालका सल्लाहकार अशोक कृष्ण श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । 
दुई संस्थावीच भएको यो सम्झौता पश्चात सुनचाँदी ब्यवसायीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विक्री गर्ने गरगहनाको भुक्तानी डिजिटल प्रणाली मार्फत लिन सक्नेछन् । यो सम्झौता पश्चात अव सुनचाँदीका गरगहनाको खरिद पश्चात अनलाइन बैंकिङ, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ, वालेट एवं डोमेस्टिक तथा इन्टरनेशनल कार्डहरु मार्फत रकम भुक्तानी गर्न थप सहज हुनेछ । यसले उपभोक्ता र ब्यवसायी दुपै पक्षलाई फाइदा पुग्ने बिश्वास लिइएको छ । 
यसकालागि गेटवे पेमेण्ट नेपालले सहजकर्ताकोरुपमा काम गर्ने छ । यो सम्झौता वाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा गरगहनाको विक्री गरी त्यसको भुक्तानी डिजिटल प्रणाली मार्फत सहजै गर्न सकीने भएकोले यो प्रणाली ब्यवसायी एवं उपभोक्ता दुवै पक्षका लागि लाभदायी हुन सक्ने महासंघका अध्यक्ष शाक्यले बताउनुभयो । 
गेटवे पेमेण्ट नेपालका सल्लाहकार श्रेष्ठका अनुसार यो प्रविधिले ब्यापार ब्यवसायगर्न थप सहज हुने र यसले ब्यवसायीहरुलाई आत्मनिर्भर वनाउन सघाउने छ । 
नेपाल सुनचादी ब्यवसायी महासंघ देशभरका सुनचाँदी ब्यवसायीहरुको छाता संस्था हो । यस्तै गेटवे पेमेण्ट नेपाल नेपाल राष्ट्र बैंकवाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक कम्पनि हो ।