Tel +977-1-4532270
32
Ashad
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
244515/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
3708/-

FINE GOLD (9999)
per 1 tola

रु
285200

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4325

Notices:

Recent News

सुन चाँदी व्यवसायी संघ गोरखाको अध्यक्षमा टेकबहादुर बिक चयन

Posted: 03 October, 2021



सुन चाँदी व्यवसायी संघ गोरखाको अध्यक्षमा टेकबहादुर बिक चयन
काठमाडौं – सुन चाँदी ब्यवसायी संघ गोरखाको अध्यक्षमा टेकबहादुर बिक चयन भएका छन् । शनिवार भएको तेस्रो अधिवेशनबाट उनी अध्यक्ष चुनिएका हुन् । अधिवेशनले संघको बरिष्ठ उपाध्यक्षमा रूविन वराईली, प्रथम उपाध्यक्षमा पराजु वराईली, उपाध्यक्षमा तिलक (विक्रम सुनार०  चयन भएका छन् ।
 
त्यस्तै महासचिवमा दयाराम सुनार, कोषाध्यक्षमा नारायण सुनार, सचिवमा तारा सुनार, सहकोषाध्यक्षमा राजेश गौतम सर्वसम्मत चयन भएको संघले जनाएको छ । यसैगरी सदस्यहररूमा कमल सुनार, अर्जुन सुनार, सुदिप गौतम, दिनेश वावु सुनार, दिनेश बिक, साजन ढुङ्गाना, बाशु भट्ट, असोक सुनार, गोकर्ण सुनार, दिपेश घिमिरे चयन भएका संघका पूर्व अध्यक्ष कृष्ण सुनारले बताए । संघका निवर्तमान कार्यसमितिका अध्यक्ष पर्वबहादुर विश्वकर्माको अध्यक्षतामा भएको अधिवेशनले टेकबहादुर विकको नेतृत्वमा १९ सदस्यिय कार्यसमिती चयन गरेको हो । अधिवेशनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाल सुनचाँदी महासंघका अध्यक्ष माणिकरत्न शाक्य, विशिष्ट अतिथि महासंघका निवर्तमान अध्यक्ष मोहनकुमार सुनार,संघका गण्डकी प्रदेशका सभापति चन्द्रकिशोर गौतम लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
 
त्यस्तै महासंघका केन्द्रीय सदस्य राजेन्द्र विश्वकर्मा, चितवन सुनचाँदी संघका उपाध्यक्ष यमबहादुर विक, संघका लम्जुङका अध्यक्ष देवबहादुर सुनार, सुनचाँदी महिला समूहकी अध्यक्ष लक्ष्मी विश्वकर्मा लगायतले पनि शुभकामना मन्तव्य ब्यक्त गरेका संघका गण्डकी प्रदेश समितिका उपसभापति कृष्ण सुनारले जानकारी दिए ।