Tel +977-1-4532270
25
Jestha
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
257115/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4205.25/-

FINE GOLD (9999)
per 1 tola

रु
299900

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4905

Notices:

Recent News

सुनको कोटा दैनिक ३० किलो बनाउन ब्यवसायीको माग, गोल्ड बैंक मार्फत सुनको आयात गर्न र नाका नाकावाट सहज वितरणको ब्यवस्था मिलाउन राष्ट्रबैंकको ध्यानाकर्षण

Posted: 12 November, 2021



सुनको कोटा दैनिक ३० किलो बनाउन ब्यवसायीको माग, गोल्ड बैंक मार्फत सुनको आयात गर्न र नाका नाकावाट सहज वितरणको ब्यवस्था मिलाउन राष्ट्रबैंकको ध्यानाकर्षण
 
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा शुक्रबार गएको महासंघको प्रतिनिधिमण्डलले हालको आपूर्ति ब्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै तत्त्काल आपूर्ति ब्यवस्था बढाउन राष्ट्र बैंक सँग आग्रह गरेको हो  ।
राष्ट्र बैंकको बिदेशी बिनिमय ब्यवस्थापन बिभागका कार्यकारी निर्देशक रामु पौडेल समक्ष मुलुकभर रहेका सुनचाँदी ब्यवसायीको संख्या, यो ब्यवसायमार्फत प्राप्त रोजगारी, राज्यलाई प्राप्त राजस्व लगायतका बिषय समेटिएको प्रतिबेदन बुझाउँदै महासंघले हाल हुँदै आएको दैनिक २० किलो सुन अपर्याप्त भएको जनाएको हो । 
त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले हाल विभिन्न बाणिज्य बैंक मार्फत सुनको आपूर्ति हुँद आएकोमा त्यसलाई ब्यवस्थित र प्रभावकारी वनाउन गोल्ड बैंक मार्फत आपूर्ति गर्ने ब्यवस्था मिलाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । यस्तै विभिन्न नाकावाट सुनको वितरण गर्नुपर्ने नीतिगत ब्यवस्था भए पनि हालसम्म सुनको वितरण काठमाडौं केन्द्रित रहेकोले त्यसलाई विकेन्द्रित गर्दै सहजरुपमा तोकिएका नाकावाट ब्यवसाायीले कच्चा सुन पाउने ब्यवसथ मिलाउनुपर्ने खाँचो औंल्याउनुभयो । 
ब्यवसयाीसँगको भेटकाक्रममा कार्यकारी निर्देशन पौडेलले ब्यवसायीका तर्फवाट वुझाइएको प्रतिवेदन ग्रहण गर्नुहुँदै ब्यवसायीका मागलाई सम्वोधन गर्न आवश्यक पहल गर्ने आश्वासन दिनुभयो । भेटमा महासंघका तर्फवाट वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, प्रथम उपाध्यक्ष मोहन काजी शाक्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ लगायतको उपस्थिति थियो ।