Tel +977-1-4532270
27
Chaitra
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
254545/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4252.50/-

FINE GOLD (9999)
per 1 tola

रु
296900

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4960

Notices:

Recent News

सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी निर्देशिका जारी गर्न आग्रह

Posted: 10 November, 2022



सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी निर्देशिका जारी गर्न आग्रह
 
काठमाडौं । 
सुनचाँदी ब्यवसायीहरुले सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी निर्देशिका जारी वाणिज्य तथा आपूर्ति ब्यवस्थापन विभागसँग आग्रह गरेका छन् ।
 
 
 
 
 
 
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधीमण्डले सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी निर्देशकाको अभावमा ब्यवसाय सञ्चालनमा नै बाधा पुगेको भन्दै सिघै निर्देशका जारी गर्न आग्रह गरेको हो । त्यसक्रममा वाणिज्य तथा उपभोक्ताहित संरक्षण विभागका महानिर्देशक महेश भट्टराईले ब्यवसायीहरुको मागलाइ आफूले सकारात्मक रुपमा लिएको र सिघ्र निर्देशका जारी गर्न पहलगर्ने बताउनुभयो । यसकालागि आवश्यक अध्ययनगरी सिघ्र प्रकृया अगाडि बढाउने आश्वाशन उहाँले दिनुभयो ।
 
 
 
 
 
सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी प्रष्ट निर्देशिका नहुँदा ब्यवसायीहरु मर्कामा पर्दै आएका छन् । यसैवीच ब्यवसायीहरुले बजारको माग अनुरुप आपूर्ति ब्यवस्था मिलाउनकालागि आवश्यक पहलगर्न पनि विभाग समक्ष आग्रह गरे । पछिल्लो समय बजारको माग अनुसार सुनको आपूर्ति नहुँदा सुनचाँदी ब्यवसायी मर्कामा परेका छन् । विदेशी विनिमय सञ्चितिको अवस्थालाई देखाउँदै नेपाल राष्ट्र बैंकले सुनको आपूर्ति घटाएका कारण बजारमा सुनको अभाव भएको छ ।
 
 
 
पछिल्लो समयमा विभिन्न बैंकहरुमार्फत दैनिक १० किलो सुन आपूर्ति हुँदैआएको छ । बजारको माग भने यो भन्दा निकै बढी भएको ब्यवसायीहरुको भनाई छ । भेटका महासंघका उपाध्यक्षद्धय पवनकुमार सोमानी र महेन्द्ररत्न शाक्य, महासचिव धर्मशुन्दर बज्राचार्य र सचिव किरणभाई बज्राचार्यको उपस्थिति थियो ।
 
सम्बन्धित समाचार