Tel +977-1-4532270
27
Chaitra
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
254545/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4252.50/-

FINE GOLD (9999)
per 1 tola

रु
296900

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4960

Notices:

Recent News

बजारको आवश्यकता अनुसार सुन चाँदी उपलब्ध गराउन प्रतिवद्ध छौंः गभर्नर अधिकारी

Posted: 06 February, 2023



बजारको आवश्यकता अनुसार सुन चाँदी उपलब्ध गराउन प्रतिवद्ध छौंः गभर्नर अधिकारी
 
 
काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारको आवश्यकता अनुसार कच्चा सुन तथा चाँदी उपलब्ध गराउने ब्यवस्था मिलाउन राष्ट्र बैंक प्रतिवद्ध रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधमिण्डलसँगको भेटपछि गभर्नर अधिकारीले बजारको आवश्यकता अनुसार सुनचाँदी जस्ता वस्तुको कच्चा पदार्थ उपलब्ध गराउने ब्यवस्था गर्न राष्ट्र बैंक प्रतिवद्ध रहेको बताउनुभएको हो । 
भेटका क्रममा गभर्नर अधिकारीले ब्यवसायीहरुलाई बजारमा सुनचाँदीको विद्यमान अवस्थाा, माग र आपूर्ति ब्यवस्था, सुनको वितरण प्रणाली, खपत, पुराना सुनको रिसाइक्लिङ लगायतका बिषयमा जानकारी लिनुभएको थियो । त्यत्रसmममा उहाँले सुनको आयात, विक्री वितरण प्रणाली, बैंकिङ कारोबार र त्यसक्रममा उत्पन्न हुने समस्या जस्ता बिषयहरुलाई आपसी छलफल र सरसल्लाहका आधारमा सम्वन्धित निकायवाट नै निराकरणगर्न सकीने सुझाव दिनुभयो  ।
त्युस अवसरमा ब्यवसायीहरुका तर्फवाट बजारको माग अनुसार कच्चा सुन तथा चाँदीको आयात गर्ने ब्यवस्था गरिनुपर्ने, सुन वितरण प्रणालीलाई प्रादेशिक संरचना अनुरुप वदल्नु पर्ने, पान नम्वरका आधारमा सुन वितरणगर्ने ब्यवस्था गरिनुपर्ने, नाका नाका वाट सुन उपलब्ध गराइनुपर्ने, एउटै बैंकको खातावाट जुनसुकै वैंकको सुन खरिद तथा भुक्तानीको ब्यवस्था मिलाइनुपर्ने लगायतका माग राखिएको थियो । 
् ब्यवसायीसँगको भेटका क्रममा राष्ट्र बैंककी वपिरष्ट डुपुटी गभर्नर डा. निलम ढुङगाना, डुपुटी गभर्नर वमवहादुर मिश्र, कार्यकारी निर्देशक रामु पौड्याल लगायतको उपस्थिति थियो । त्यसक्रममा ब्यवसायीका तर्फवाट उपाध्यक्ष पवन सोमानी, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सहकोषाध्यक्ष पद्मसुन्दर शाक्य लगायतको सहभागिता रहेको थियो ।