Tel +977-1-4532270
27
Magh
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
261915/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4492.50/-

FINE GOLD (9999)
per 1 tola

रु
305500

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
5240

Notices:

Recent News

सुनचाँदी क्षेत्रका समस्या समाधान गर्न माग

Posted: 22 February, 2023



  सुनचाँदी क्षेत्रका समस्या समाधान गर्न माग
 
 
 à¤•ाठमाडौं ।
 
सुनचाँदी क्षेत्रका तीनवटा ब्यवसायी एउटै मञ्चमा उभिएर यस क्षेत्रका समस्या समाधान गर्न माग गरेका छन् । उनीह?ले शोमबार काठमाडौमा संयुक्त पत्रकार सम्मेलन गरी यस क्षेत्रमा देखिएका समस्या समाधानगर्न माग गरेका हुन् ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले पछिल्लो समयमा यस क्षेत्रमा धेरै समस्याह? देखिएको उल्लेख गर्दै तत्काल तिनको समाधान नगरे ब्यवसायीह? आन्दोलनमा उत्रन बाध्य हुनुपर्ने बताउनुभयो । ब्यवसायीह?का अनुसार बजारको माग अनुसार सुनको आपूर्ति नहुनु, बर्षौंदेखि कोटा प्रणाली लागु गरिनु, ब्यवसायीलाई अनावश्यक आरोप लगाएर दुःख दिने जस्ता समस्या यस क्षेत्रमा देखिएका छन् ।
 
 
 
 
उनीह?ले  सुनचाँदी व्यवसायीह?ले विगत १३ वर्षदेखि लागू हुँदै आएको सुनचाँदीको बजार व्यवस्थापनमा बैंकह?को एकाधिकार खारेजीको माग गरेका छन् ।
 
सोमबार काठमाण्डौमा संयुक्त पत्रकार सम्मेलन गरी नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले यस्तो माग गरेका हुन् । २०६६ साल चैत ३१ गतेदेखि सुनचाँदी बजार एकाधिकार ?पमा परिणात्मक बन्देज ९कोटा० प्रणालीमा वाणिज्य बैंकह?को मात्र एकल आपूर्तिबाट सञ्चालन हुँदै गर्दा निजी क्षेत्रका बौधानिक ?पमा पेशा व्यवसाय दर्ता गरेर व्यवसायीह?ले यस क्षेत्रको बजारमा प्रतिस्पर्धा गर्न नपाउँदा बजार एकपक्षीय र अन्यायपूर्ण ?पमा सञ्चालन भएको उनीह?को दाबी छ ।
 
 
 
‘सुनचाँदी बजारले आफ्नो दशकौंदेखिको मौलिक माग र आपूर्तिको स्व?प गुमाएको अवस्थामा सबैभन्दा मर्का र गुनासो आउँदै गर्दा आम उपभोक्ताह?समेत सम्पत्तिमा लगानी गर्ने, उपभोग गर्ने र प्रतिस्पर्धात्मक बजारमा खरीदबिक्री गर्ने संवैधानिक हकबाट बञ्चित छन् ।’ तीनैवटा महासंघले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ–‘त्यसकारण विगत १३ वर्षदेखि लागू हुँदै आएको राष्टबैंकको परिपत्र र एकाधिकार व्यवस्थाको समीक्षा हुन आवश्यक भइसकेको छ ।’
 
 
 
नेपाल राजपत्रमा ५० ग्रामसम्मका सुनका गरगहना भन्सार छुटमा ल्याउन पाइने प्रष्ट व्यवस्था भए पनि पछिल्लो समय त्यसविपरीत सर्वसाधारणलाई दुःख दिइने गरिएको, त्यसरी ल्याइएका सुनका गरगहना खरीद गर्ने व्यवसायीलाई चोरी, डकैती, तस्करी लगायतका संगीन आरोप लगाएर मुद्धामामिलामा फसाइएको भन्दै आपत्ति जनाइएको छ । ‘पछिल्लो समयमा यसरी ल्याइएका सुनका गरगहना प्रहरी प्रशासनबाट जफत गर्ने, यस्तो सुनको कारोबार गर्ने व्यवसायीलाई पक्रने , अनावश्यक दुःख दिने, मानसिक तनाव दिने जस्ता कार्यह? हुन थालेका छन् ।’ विज्ञप्तिमा भनिएको छ–‘राज्यले तोकेको मापदण्ड अनुसार ल्याइएका सुनका गरगहनाको कारोबार गर्ने व्यवसायीलाई अपराधीजस्तो व्यवहार गर्न थालिएको छ । जसले आम राज्यको नियमअनुसार दर्ता गरी बसेका व्यवसायीह?लाई हतोत्साही मात्र बनाएको छैन, सिंगो पेशाप्रति नै वितृष्णा पैदा गरेको छ ।’
 
 
 
नेपाली बजारमा सिजनको समयमा दैनिक ४० केजीको हाराहारीमा तथा अफसिजनको समयमा १५ केजीसम्म कच्चा सुनको माग हुने गरे पनि हाल दैनिक १० केजीमात्र आयात हुने गरेकोले उपभोक्ताको माग पूरा गर्न कठीन रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विधिवत तरिकाले बैंकबाट आउने सुनबाहेक विदेशबाट आउने नेपालीह?ले बिना भन्सार ५० ग्रामसम्म र भन्सार तिरेर थप १०० ग्राम सुनका गरगहना ल्याउन पाउने व्यवस्था गरिएको छ । यसरी आउने सुनले बजारको मागलाई केही हदसम्म भरथेग गरिरहेको भए पनि राज्यको गलत नीतिका कारण अनाहकमा दुःख पाइएकोमा व्यवसायीको आपत्ति छ ।