Tel +977-1-4532270
25
Jestha
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
257115/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4205.25/-

FINE GOLD (9999)
per 1 tola

रु
299900

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4905

Notices:

Recent News

ब्यवसायीक अधिकार स्थपित गर्न सरकार प्रतिवद्ध छः प्रधानमन्त्री दाहाल

Posted: 22 May, 2023



ब्यवसायीक अधिकार स्थपित गर्न सरकार प्रतिवद्ध छः प्रधानमन्त्री दाहाल
 
 
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ब्यवसायीक अधिकार स्थपित गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी ब्यवासयी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको अध्यक्षतामा गएको महासंघको प्रतिनिधिमण्डलसँग भेटका क्रममा प्रधानमन्त्री दाहालले निर्वाधरुपमा पेशा ब्यवसाय गर्न आग्रह गर्दै ब्यवसाय सञ्चालनका क्रममा कुनै समस्या उत्पन्न भएमा त्यसलाई समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । 
भेटका क्रममा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले माग अनुसार कच्चा सुनको आपूर्ति नहुँदा ब्यवसाय सञ्चालनमा कठीनाई भएको बताउनुभयो । उहाँले ब्यवसाय सञ्चालनकालागि आवश्यक पर्ने नीति नियम निर्माणगरी बजारको माग अनुसार सुनको आपूर्ति ब्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 
त्यसक्रममा महासंघको तर्फवाट निवर्तमान अध्यक्ष मोहन कुमार सुनार, विशिष्ट सदस्य मणिरत्न शाक्य, उपाध्यक्षहरु मोहनकाजी शाक्य, विपिन रामुदामु र महेन्द्र शाक्यको उपस्थिति रहेको थियो । त्यसक्रममा महासंघका सल्लाहकार एवं प्रतिनिधीसभा सदस्य रणेन्द्र वराइलीको पनि उपस्थिति रहेको थियो । महासंघलाई यसअघि नै सरकारले उद्योग बाणिज्य प्रबर्धन संवाद समितिको सदस्यको रूपमा समावेश गरको छ ।