Tel +977-1-4532270
25
Jestha
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
257115/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4205.25/-

FINE GOLD (9999)
per 1 tola

रु
299900

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4905

Notices:

Recent News

सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी मापदण्ड जारी गर्न आग्रह

Posted: 08 August, 2023



सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी मापदण्ड जारी गर्न आग्रह
 
काठमाडौं । 
सुनचाँदी ब्यवसायमा आवद्ध तीनवटा महासंघले यो ब्यवसाय सञ्चालनका लागि प्रष्ट मापदण्ड तयार गरी त्यसलाई लागु गर्न माग गरेका छन् । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई यो क्षेत्रका समस्याको बारेमा जानकारी गराउँदै त्यसको समाधानको पहलका लागि आग्रह गर्न मंगलबार सिंहदरवार पुगेको ब्यवसायीहरुको प्रतिनिधीमण्डलले यस्तो आग्रह गरेको हो । 
नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघका आवद्ध ब्यवसायीहरुले संयुक्तरुपमा यस्तो आग्रह गरेका हुन् ।  त्यस क्रममा प्रतिनिधीसभा सदस्य एवं संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रणेन्द्र बराइलीले ब्यवसायीहरुका तर्फवाट प्राप्त सुझाव ग्रहण गर्दै सुनचाँदी ब्यवसाय सञ्चभालनका लागि प्रष्ट मापदण्ड तयार गर्न आफूले पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । त्यस क्रममा उहाँले सुनचाँदी ब्यवसायीका सदस्यलाई आफूले नजिकवाट नियालीरहेको उल्लेख गर्दै ती समस्याहरुको समाधानका लागि आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने बताउनु भयो । 
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बराइलीसँगको भेटका क्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले प्रष्ट निर्देशिकाको अभावमा ब्यवसायीहरुले विभिन्न किसिमका समस्याहरु झेल्नु परेकोले निर्वाधरुपमा ब्यवसाय सञ्चालनकालागि निर्देशिका आवश्यक भएको बताउनु भयो । जुनसुकै पेशा ब्यवसाय सञ्चालनका लागि पनि प्रष्ट नीति, नियम तथा निर्देशिका हुने गरेको तर सुनचाँदी ब्यवसायको क्षेत्रमा यो नभएकोले बारम्बार ब्यवसायीहरुले अनावश्यक झमेला ब्यहोर्नुपरेको बताउनुभयो । 
त्यसक्रममा ब्यवसायीहरुका तर्फवाट सुनचाँदी क्षेत्रको वृद्धि र विकासका लागि आवश्यक पर्ने तत्कालिन, मध्यकालिन र दीर्घकालिन रुपमा योजनाहरु लिपिवद्धरुपमा प्रश्तुत गरिएको थियो । ती योजनामा कच्चा सुनको आपूर्ति, विक्री वितरणको ब्यवस्थापन, सुन, चाँदी र हिराजवाहरात जस्ता खानिजन्य वस्तुको उत्खनन्, सुन आयातमा लागु हुँदै आएको कोटा प्रणाली र त्यसको ब्यवस्थापन लगायतका बिषय समेटिएको थियो । 
भेटका क्रममा महासंघका तर्फवाट बिशिष्ट सदस्य मणिरत्न शाक्य, उपाध्यक्ष दियेशरत्न शाक्य, महेन्द्ररत्न शाक्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सह कोषाध्यक्ष पद्मशुन्दर शाक्य, पदाधिकारी समिति सदस्य रविन शाक्य, हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष सनम शाक्य लगायतको उपस्थिति रहेको थियो ।