Tel +977-1-4532270
25
Jestha
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
257115/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4205.25/-

FINE GOLD (9999)
per 1 tola

रु
299900

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4905

Notices:

Recent News

सुनचाँदी ब्यवसायको ब्यवस्थापन गर्ने बिधेयकको मस्यौदा वनाउँदै ब्यवसायी

Posted: 14 August, 2023



सुनचाँदी ब्यवसायको ब्यवस्थापन गर्ने बिधेयकको मस्यौदा वनाउँदै ब्यवसायी
 
 
काठमाडौं ।
सुनचाँदी ब्यवसायमा आवद्ध ब्यवसायीहरु सुनचाँदी ब्यवसायको ब्यवस्थापन गर्ने बिधेयकको मस्यौदा वनाउन जुटेका छन् । ब्यवसाय सञ्चालन गर्ने प्रष्ट ऐनको अभावमा लामो समयदेखि रुमल्लिँदै आएका ब्यवसायीहरुले विभिन्न सरकारी निकायसँगको समन्वय र सहकार्यमा यो तयारी शुरु गरेका हुन् । 
बिधेयकको प्रारम्भिक मस्यौदाका बारेमा नेपाल सुनचाँदी ब्यवसायी महासंघले हालै आयोजना गरेको छलफलका क्रममा उपस्थित सभाषद् तथा कानून ब्यवसायी एवं ब्यवसायीहरुले प्रष्ट ऐन वनाएर ब्यवसाय गर्दा राज्य, ब्यवसायी र उपभोक्ता सवैलाई फाइदा पुग्ने बताए । 
त्यसक्रममा प्रतिनिधीसभाका सदस्य रणेन्द्र वराइलीले कुनै पनि पेशा ब्यवसाय गर्न प्रष्ट ऐनको आवश्यकता पर्ने भएकोले सुनचाँदी तथा हिरा, जवाहरात जस्ता वहुमुल्यवस्तुको कारोबारका लागि पनि ऐन अपरिहार्य हुने बताउनुभयो । यसका लागि सरकार, ब्यवसायी र उपभोक्ता सवैलाई फाइदा गुग्नेगरी ऐन बनाइनु पर्ने उहाँको तर्क छ । 
छलफलमा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले ब्यवसाय सञ्चालन सम्वन्धी ऐनको अभावमा धेरै किसिमका समस्या आएको उल्लेख गर्दै सरोकारवाला सवै पक्षलाई फाइदा पुग्नेगरी ऐन ल्याउन आवश्यक भएको बताउनुभयो । त्यसका लागि सहयोग गर्न ब्यवसायीहरु तयार रहेको उहाँको भनाई छ । 
छलफलका क्रममा सहभागी विभिन्न क्षेत्रका ब्यक्तिहरुले सुनचाँदी ब्यवसायको ब्यवस्थापन गर्ने बिधेयक र त्यसमा समेटिनुपर्ने बिषयवस्तुको बारेमा आ आफ्नो तर्फवाट धारणा राख्नुभएको थियो । त्यसक्रममा महासंघका सल्लाहकार तिर्थमान शाक्य, कानूनी सल्लाहकार शिव रिजाल, वरिष्ठ अभिवक्ता राम नारायण विडारी, अधिवक्ता ज्ञानरत्न शाक्य, नेपाल कानून समाजका कृष्णमान प्रधान, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य रामहरि श्रेष्ठ, महासंघका बिशिष्ट सदस्य मणिरत्न शाक्य, उपाध्यक्ष दियेशरत्न शाक्य र महेन्द्ररत्न शाक्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ र पदाधिकारी समिति सदस्य रविन शाक्य लगायतको उपस्थिति रहेको थियो ।