Tel +977-1-4532270
25
Jestha
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
257115/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4205.25/-

FINE GOLD (9999)
per 1 tola

रु
299900

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4905

Notices:

Recent News

सुनचाँदी कारोबारलाई ब्यवस्थित र प्रभावकारी वनाउन ब्यवसायी र बैंकर्ष संघवीच परामर्श

Posted: 30 August, 2023



सुनचाँदी कारोबारलाई ब्यवस्थित र प्रभावकारी वनाउन ब्यवसायी र बैंकर्ष संघवीच परामर्श
काठमाडौं ।
सुनचाँदी ब्यवसायीहरुले यस क्षेत्रमा देखिएका विभिन्न समस्याहरुलाई समेटेर नेपाल बैंकर्ष संघ समक्ष २१ बुँदे मागपत्र प्रश्तुत गरेका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल रत्न ततथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघको तर्फवाट संयुक्त कार्यदलले मंगलबार काठमाडौं स्थित संघको कार्यालयमा पुगी सो माग प्रश्तुत गरेको हो । 
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको संयोजकत्वमा गएको सो कार्यदलले संघका अध्यक्ष सुनिल केसी, नेपाल बैंकका प्रमूख कार्यकराी अधिकृत कृष्ण बहादुर अधिकारी रकार्यकारी निर्देशक अनिल शर्मा भेटगरी आफ्ना माग प्रश्तुत गरेको हो । 
त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले ब्यवसायीले भोग्नुपरेका बिभिन्न सदस्य र तीनको समाधानका लागि बैंकर्ष संघले चाल्नुपर्ने भूमिका लगायतका बिषयमा जानकारी गराउनुभयो । त्यसक्रममा ब्यवसायीका तर्फवपाट प्रश्तुत गरिउका २१ वुँदे मागहरुमा सुनको खरिदमा प्राप्त हुने मार्जिन, सुन वितरण, दैनिक आउने सुनलाई आधार वनाई बार्षिक रुपमा वितरण गर्ने ब्यवस्था,  १५ दिनभित्र सुन उठइसक्नुपर्ने बिद्यमान ब्यवस्थामा परिमार्जन गरी सो मितिपछि पनि सिफारिसका अधारमा मात्रै सुन वितरण गर्नुपर्ने, प्रदेशमा विद्यमान नाकाहरुवाट सुन उपलब्ध गराउने ब्यवस्था हुनुपर्ने, कारोबारमा हुने झन्झटिलो प्रकृया हटाइनुपर्ने लगायतका माग राखिएको थियो । 
महासंघका उपाध्यक्ष एवं संयुक्त कार्यदलका संयोजक विपिन रामुदामुका अनुसार ब्यवसायीहरुका तर्फवाट राखिएको मागलाई बैंकर्ष संघले सकारात्मकरुपमा लिएको छ । उहाँका अनुसार संघले ती मगलाई यथासिघ्र पुरागर्न पहल गर्ने प्रतिवद्धता समेत जनाएको छ । भेटका महासंघका संस्थापक अध्यक्ष एवं बिशिष्ट सदस्य मणिरत्न शाक्य तथा रत्न तथा आभुषण महासंका प्रथम उपाध्यक्ष रामप्रसाद लकान्द्री र तृतिय उपाध्यक्ष द्धारिक शंकर लगायतको उपस्थिति रहेको थियो ।