Tel +977-1-4532270
25
Jestha
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
257115/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4205.25/-

FINE GOLD (9999)
per 1 tola

रु
299900

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4905

Notices:

Recent News

चोरी तस्करी नियन्त्रण गर्न सुनको कोटा वृद्धिः उद्योग मन्त्री रिजाल

Posted: 02 October, 2023



चोरी तस्करी नियन्त्रण गर्न सुनको कोटा वृद्धिः उद्योग मन्त्री रिजाल
 
काठमाडौं ।
उद्योग मन्त्री रमेश रिजालले चोरी तस्करी  र अवैध कारोबार नियन्त्रणमा सघाउ पुर्याउन सुनको कोटा वृद्धि गरेको बताउनुभएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शोमबार मन्त्रालयमा आयोजना गरेको सुनचाँदी ब्यवसायी संगको छलफल कार्यक्रममा मन्त्री रिजालले आपूर्ति ब्यवस्था सुनिश्चित भएपछि चोरी पैठारी नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभएको हो । 
मन्त्रालयको रिफारिसमा नेपाल राष्ट्र बैंकले गत साता देखि दैनिक २० किलो सुन आयात गर्न पाउने ब्यवस्था भएको छ । त्यसअघिद्ध दैनिक १० किलो मात्रै सुन आयात गर्न पाउने ब्यवस्था कायम रहेको थियो । 
छलफलका क्रममा मन्त्री रिजालले सुनचाँदी ब्यवसायीका लागि परेका अप्ठ्यारा समाधानगर्न र ब्यवसाय सञ्चालनका लागि प्रभावकारी नीति नियम तर्जुमागर्न सरकार तयार रहेको भन्दै ब्यवसायीका तर्फवाट पनि राज्यलाई सहयोग पुग्ने कार्यहरु मात्र गर्न र आम ब्यवसायीलाई यसैतर्फ प्रेरित गर्न उहाँल् सुझाव दिनुभयो । 
त्यसक्रममा मन्त्रालयका बाणिज्य तर्फका सचिव मधुकुमार मरासिनीले सुनचाँदी ब्यवसायीहरुले स्वदेशमा नै दक्ष कालिगढ उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो । यसका लागि सरकारका तर्फवाट आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको उहाँको भनाई छ । मन्त्रालयका उद्योग तर्फमा सचिव मुकुन्द प्रसाद निरौलाले सुनचाँदी ब्यवसायको सम्वन्ध आम ब्यवसायीसँग प्रत्येक्ष रुपमा जोडिने भएकोले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । 
छलफलका क्रममा ब्यवसायीका तर्फवाट महासंघका अध्यक्ष माणिकरत्न शाक्यले नेपालमा सुनचाँदी ब्यवसायको अवसर र चुनौति बिषयक कार्यपत्र पश्तुत गर्दै सुनचाँदी ब्यवसाय सञ्चालनका लागि प्रष्ट, प्रभावकारी र ब्यवसाय मैत्री ऐन वनाउन आवश्यक रहेको बताउनुभयो । त्यसक्रममा उहाँले सुनको प्रभावकारी आपूर्ति ब्यवस्था गरिनुपर्ने, बैध तरिकावाट आएका सुन तथा तीनका गरगहनाको कारोबारमा कुनै ब्यवधान गरिन नहुने, नीति निर्माण गर्दा अन्तर्राष्ट्रिय प्रावधानहरुलाई ख्याल गर्नुपर्ने, सुनचाँदीका गरगहना निर्यातका लागि बिशेष ब्यवस्था गरिनु पर्ने लगायत सुनचाादी ब्यवसाय सँग् सम्वन्धित विविध पक्षका बारेमा जानकारी गराउनुभयो । 
त्यसक्रममा महासंघका तर्फवाट विशिष्ट सदस्य मणिरत्न शाक्य, उपाध्यक्षहरु दियेसरत्न शाक्य, विपेन्द्र रामुदामु, महेन्द्ररत्न शाक्य, सचिव किरणभाई बज्राचार्य लगायतको उपस्थिति रहेको थियो । यस्तै रत्न तथा आभुषण महासंघका तर्फवाट उपाध्यक्ष द्धारिका शंकर, खेम तिरुवा लगायतको उपस्थिति रहेको थियो ।