Tel +977-1-4532270
27
Chaitra
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
254545/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4252.50/-

FINE GOLD (9999)
per 1 tola

रु
296900

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4960

Notices:

Recent News

२०६८ सालको कार्यविधी परिमार्जन गर्न महासंघले बुझायो राष्ट्र बैंकलाई १४ बुँदे ज्ञापनपत्र, राष्ट्र बैंक सकारात्मक

Posted: 25 August, 2024



२०६८ सालको कार्यविधी परिमार्जन गर्न महासंघले बुझायो राष्ट्र बैंकलाई १४ बुँदे ज्ञापनपत्र, राष्ट्र बैंक सकारात्मक
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले ‘सुन आयात तथा बिक्री वितरण सम्वन्धि कार्यविधी २०६८’ तत्काल परिमार्जन गरी समसामयिक र ब्यवहारिक बनाउननेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष अर्जुन रसाइलीको नेतृत्वमा शुक्रबार गएको महासंघको प्रतिनिधीमण्डलसँगले यस्तो आग्रह गरेको छ । 
त्यसक्रममा महासंघका अध्यक्ष रसाइलीले राष्ट्र बैंकको बिदेशी विनिमय विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाललाई १४ बुँदे ज्ञापनपत्र बुझाउँदै २०६८ सालमा जारी गरि हालसम लागु गरिँदै आएको ‘सुन आयात तथा बिक्री वितरण सम्वन्धि कार्यविधी २०६८’ अब्यवहारिक भएको र यसको आम सुनचाँदी ब्यवसायीको समस्या सम्बोधन नर्ग नसकको भन्दै ब्यवसायीका समग्र समस्या समाधानमा सहयोग पुग्ने गरी प्रभावकारी आचार संहिता जारी गर्न आग्रह गर्नुभयो । 
भेटका क्रममा कार्यकारी निर्देशक नेपालले महासंघको तर्फवाट राखिएका मागहरुलाई आफूले गंभिरतापूर्वक लिएको र ति मागको सम्बोधनका लागि आफूले सिघ्र पहल गर्ने आश्वासन दिनुभयो । उहाँले सरोकारवाला निकायहरुबीच आवश्यक परामर्श गरी ब्यवासयीका माग सम्बोधन गर्ने बताउनुभयो । 
त्यसक्रममा बजारको माग अनुसार सुनको आपूर्ति ब्यवस्था सुनिश्चित नहुँदा ब्यवसायीले धेरै समस्या बेहोर्नु परेको उल्लेख गर्दै उध्यक्ष रसाइलीले पर्यापत मात्रामा सुनको आपूर्ति ब्यवस्था सुनिश्चित गर्न, सदस्य संख्या र पान नम्वरको आधारमा सुनको वितरण गर्ने वातावरण मिलाउन, तोकिएका नाका नाकावाट १००, २०० र ५०० ग्रामका सुन उपलब्ध गराउन, एउटै बैंकको खातावाट जुनसुकै बैंकको सुन उठाउनन मिल्ने ब्यवस्था मिलाउन र भन्सार दरमा एकरुपता आउने वातावरण बनाउनका लागि सहजिकरण गर्न आग्रह गर्नुभयो । यस्तै आयात गर्न सकीने दैनिक सुनको परिणाम ब्यवसायिका लागि ३० किलो र उद्योग तथा ठुला करदाता एवं ब्यवसायीका लागि २० किलो बनाउन, बैंकले सुन आयात गरे पश्चात सम्वन्धित महासंघको सिफारिसमा कम्तिमा ३० दिनभित्र बैंकवाट सुन उठाइसक्नु पर्ने । सो अवधि भित्र सुन नउठेमा ३१ औं दिन देखि महासंघसँगको समन्वयन्वयमा  विना सिफारिस विना बैंकले सुन बिक्रि गर्न पाउने ब्यवस्था गर्न र दैनिक आयात हुने सुन बजारको माग र आवश्यकता कुनै अनुरुप हुनेगरी कम्तिमा ६ महिना सम्ममा आयात गर्न गर्न पाउनु पर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । 
त्यसक्रममा सम्वन्धित महासंघसँगको सल्लाह र सहकार्यका आधारमा बजारको माग अनुरुप बैंकर्ष संघले सुन आयात गर्नुपर्ने, आयात गर्न स्वीकृत सुन मगाउन कति बाँकी छ भन्ने अग्रिम र आधिकारिक सूचना सम्वन्धित महासंघलाई दिने ब्यवस्था मिलाउन तथा वाागमति प्रदेश वाहेक पनि चितवन, इटहरी, विरगंज लगायत कार्य विधिमा तोकिएका मुख्य शहरहरुमा बिक्री बितरण गर्ने ब्यवस्थालाई प्रभावकारी वनाउन र छिमेकी मुलुक भारतमा हालै बजेट बक्तब्य मार्फत सुनको भन्सार दर घटाई जम्मा ६ प्रतिशत कायम गरिएको विद्यमान अवस्थामा नेपालमा भने २० प्रतिशत कायम रहेकोले अर्थ मन्त्रालय, भन्सार विभाग लगायतका निकायमा आवश्यक समन्वय गरी भन्सार दर घटाई ब्यवहारिक बनाउन आवश्यक पहल गर्नुपर्ने माग उहाँले गर्नुभयो । 
भेटका क्रममा महासंघका तर्फवाट महासचिव किरणभाई बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।