नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतका सातै प्रदेश महासंघको साधारणसभा एकै दिन सम्पन्न
Posted: 06 April, 2026

काठमाडौं ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको सातै प्रदेश महासंघहरुको पाँचौं र छैठौं बार्षिक साधारणसभा २०८२ चैत २१ गते शनिबार सम्वद्ध प्रदेशमा सम्पन्न भएको छ । प्रदेश कार्यविधिमा भएको ब्यवस्था अनुसार सातै प्रदेश महासंघको साधारणसभा एकै दिन सम्पन्न भएको हो ।
महासंघ अन्तर्गत कोसी, मधेश, वागमति, गण्डकी, लुम्विनी, कणाली र सुदुरपश्चिम गरी सातवटा प्रदेश महासंघ छन् ।
कोसी प्रदेश महासंघको पाँचौं र छैठौं बार्षिक साधारणसभाको उद्घाटनका अवसरमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले महासंघ देशभरका सुनचाँदी ब्यवसायीहरुको हक अधिकारको संरक्षण र सम्वद्र्धनमा लागि परेको बताउनुभयो । त्यसत्रअवसरमा उहाँले सरकारले गत बर्ष ल्याएको २ विलाशिता शुल्क आगामी आर्थिक बर्षको बजेट मार्फत हटाउन पहल भैरहेको बताउनुभयो । अध्यक्ष रसाइलीले सुनचाँदी कारोबारका लागि आवश्यक नीति, नियम, निर्देशिका बनाउन महासंघले पहल गरिरहेको जानकारी दिनुभयो । कोसी प्रदेशका अध्यक्ष रमेश रसाइलीको अध्यक्षतामा सो साधारणसभा सम्पन्न भएको थियो ।
त्यस्तै मधेश प्रदेश महासंघको साधारणसभा पनि सोही दिन सम्पन्न भएको छ । मधेश प्रदेशको पाँचौं र छौंठो वार्षिक साधारणसभा प्रदेश अध्यक्ष रामजी साहको अध्यक्षतामा सम्पन्न भएको हो । साधारणसभाको प्रमुख अतिथि मधेस प्रदेश सरकारका उधोग वाणिज्य तथा पर्यटन मत्री कनिस पटेल हुनुहुन्थ्यो । साधारणसभाको विशिष्ट अतिथिहरुमा महासंघका पदाधिकारी सदस्य प्रकाश गहतराज, केन्द्रिय सदस्यहरु दिनेश साह, मनोज कुमार साह, राजेश साह, विकाश सरार्फ, प्रदेस सल्लाहका तथा मधेश प्रदेश अन्तर्गतका जिल्ला÷नगर संघका प्रतिनिधहिरु लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै वागमति प्रदशेको पाँचौं र छौंठो वार्षिक साधारणसभा महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यको प्रमूख आतिथ्यतामा सम्पन्न भएको थियो । वागमति प्रदेश महासंघका अध्यक्ष ज्योतिरत्न बज्राचार्यको अध्यक्षतामा सो साधारणसभा सम्पन्न भएको हो । सो साधारणसभामा महासंघका महासचिव किरणभाई बज्राचार्य, सहकोषाध्यक्ष पद्मशुन्दर शाक्य, केन्द्रिय सस्यहरु एवं विभिन्न जिल्ला÷नगरका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
त्यस्तै गण्डकी प्रदेश महासंघको पाँचौं र छौंठो वार्षिक साधारणसभा महासंघका विशिष्ट सदस्य मोहन सुनारको प्रमूख आतिथ्यतामा सम्पन्न भएको थियो । गण्डकी प्रदेश महासंघका अध्यक्ष चन्द्रकिशोर गौतमको अध्यक्षतामा सो साधारणसभा सम्पन्न भएको हो । सो साधारणसभामा सो प्रदेश अन्तर्गतका विभिन्न जिल्ला÷नगरका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
यसैगरी महासंघको लुम्विनी प्रदेश महासंघको पाँचौं र छौंठौं वार्षिक साधारणसभा महासंघका दित्तिय उपाध्यक्ष वुद्धि दियालीको प्रमूख आतिथ्यतामा सम्पन्न भएको थियो । लुम्विनी प्रदेश महासंघका अध्यक्ष ध्रुव कुमार गहतराजको अध्यक्षतामा सो साधारणसभा सम्पन्न भएको हो । सो साधारणसभामा सो प्रदेश अन्तर्गतका विभिन्न जिल्ला÷नगरका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । त्यसक्रममा महासंघका कोषाध्यक्ष सुदिप श्रेष्ठ, केन्द्रिय सदस्यहरु मदन केसी, लोक वहादुर सुनार, सञ्जय सोनी लगायतको उपस्थिति रहेको थियो ।
त्यसक्रममा सुनचाँदी व्यवसायीहरूले सुनचाँदी ब्यवसायमा देखिएका कर तथा राजस्व सम्वन्धी समस्या सल्टाउन र ब्यवसाय मैत्री नीति निर्माणगरी सहज रुपमा ब्यवसाय सञ्चालन गर्ने वातावरण निर्माणगर्न सरकारको ध्यानाकर्षण गरेका छन् । प्रष्ट नीतिको अभाव र ब्यवसायीमाथि थुपरिएको अनावश्यक करको भारका कारण आम ब्यवसायीहरु ब्यवसाय सञ्चालन गर्नै नसक्ने अवस्थामा पुगेको भन्दै सुनचाँदी पेशा ब्यवसायमा आवद्ध ब्यवसाययीहरुले यस्तो आग्रह गरेका हुन् । ।
यसैगरी महासंघको कर्णाली प्रदेश महासंघको पाँचौं र छौंठौं वार्षिक साधारणसभा पनि सोही दिन सम्पन्न भएको छ । कर्णाली प्रदेश महासंघका अध्यक्ष जनक सुनारको अध्यक्षतामा सो साधारणसभा सम्पन्न भएको हो । सो साधारणसभामा सो प्रदेश अन्तर्गतका विभिन्न जिल्ला÷नगरका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
यस्तै नेपाल सुनचाँदी ब्यवसायी महासंघ, सुदुरपश्चिम प्रदेशको पाँचौं प्रदेश सभा अध्यक्ष सन्तोष लामिछानेको अध्यक्षतामा र नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य पुष्पराज कुंवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । नेपाल उद्योग बाणिज्य महासंघका सुदुरपश्चिम प्रदेशका वरिष्ठ उपाध्यक्ष मदन पन्त, उद्योग बाणिज्य संघका अध्यक्षहरु लगायत नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य गणेश बहादुर सुनार र सो प्रदेश अन्तर्गतका विभिन्न जिल्ला÷नगरका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।