Tel +977-1-4532270
7
Jestha
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
251885/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4329.50/-

FINE GOLD (9999)
per 1 tola

रु
293800

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
5050

Notices:

Introduction

मुलुकभरका सुनचाँदीको पेसा व्यवसायमा आबद्ध व्यवसायीहरूको साझा संस्था हो नेपाल सुनचाँदी व्यवसायी महासंघ। सुनचाँदी क्षेत्रमा आबद्ध व्यवसायीको हक अधिकारको सुनिश्चितता तथा सुनचाँदीका गरगहनाको खरिदबिक्री एवं कारोबारमा देखा परेका समस्यालाई समाधान गर्ने यसको प्रमुख उद्देश्य रहेको छ । सुनचाँदी व्यवसायी सँघ हुँदै महासंघमा परिणत भए पश्चात हामीले अहिले सुनचाँदी व्यवसायी महासंघको चौथो महाअधिवेशन सम्पन्न गरी नयाँ नेतृत्वकासाथ कार्यारम्भ गरेका छौं । व्यवसायिक एकता, कच्चा पदार्थको पर्याप्त आपूर्ति ब्यवस्था, शान्तिसुरक्षा  र यसको सुनिश्चितता नै आजको प्रमुख आवश्यकता हो । 
 
सुनचाँदीको ब्यवसायमा सरकार, उपभोक्ता, ब्यवसायी र कालिगढको चौतर्फि सम्वन्ध रहेको हुन्छ । उपभोक्तालाई सुरक्षित र गुणस्तरीय सेवाको उपलब्धता, ब्यवसायीलाई ब्यवसायिक सुरक्षा एवं अधिकार र प्रतिफल, कालिगढलाई उपयुक्त रोजगारी र आयको ब्यवस्था तथा सरकारलाई राजस्व अभिवृद्धि र अर्थतन्त्रमा टेवा पुग्ने काम यो ब्यवसायवाट भैरहेको छ । मेरो नेतृत्वमा रहेको हाम्रो यस महासंघले यही मूल मर्मलाई आत्मसात गर्दै अगाडि बढ्ने प्रण हामी गर्दछौं । यसका लागि महासंघको नेतृत्व सदैव कृयाशील रहने बिश्वास दिलाउन चाहन्छु । समयको दौरानमा आउने आरोह अवरोहहरूलाई हामीले सामुहिकरूपमा सम्वोधन गर्दै आफ्नो पेशागत सुरक्षा र अधिकारका लागि सक्दो पहल जारी राख्दै आएका छौं  र आगमी दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रण गर्दछौं ।
 
बिश्वब्यापी रुपमा फैलिएको आर्थिक मन्दिको प्रभावले सुनचाँदी ब्यवसाय र यस ब्यवसायमा आवद्ध सम्पूर्ण ब्यवसायीलाई पनि प्रभावित बनाएकै छ । सुनको भाउमा आएको बृद्धि, आपूर्तिका लागि दैनिक २० किलोमा मात्र सिमित कोटा प्रणालीमा निर्भररही पेशा ब्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था हामी माझि छ । तसर्थ आफूलाई एक कदम परिस्कृत गर्दै अगाडि बढ्नुपर्ने टड्कारो खाँचो अहिले हामीमाझ देखिएको छ । यसकालागि हामी निरन्तर कृयाशील रहेने छौं ।