Tel +977-1-4532270
16
Baisakh
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
252485/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4214/-

FINE GOLD (9999)
per 1 tola

रु
294500

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4915

Notices:

बजारमा कच्चा सुनको अभाव, आपूर्ति बढाउन मागगर्दै ब्यवसायी राष्ट्र बैंकमा

Date: Sep 15, 2021
काठमाडौं । बजारमा कच्चा सुनको कमी हुन थालेपछि सुनचाँदी ब्यवासयीहरुले आपूर्ति ब्यवस्था बढाउन माग गरेका छन् । नेपाल सुनचाँदी ब्यवासायी महासंघको प्रतिनिधिमण्डल बुधबार नेपाल राष्ट्र बैंक पुगेर आपूर्ति बढाउन आग्रह गरेको हो । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेल समक्ष भेटगरी सुन अभावको बारेमा जानकारी गराउनुका साथै सुनचाँदी ब्यवसायमा देखिएका अन्य बिषयवस्तुहरुको समते जानकारी गराएको हो । त्यसक्रममा महासंघका तर्फवाट बजारमा माग र आपूर्तिवीच चरम असन्तुलन रहेको उल्लेख गर्दै तत्काल कच्चा सुनको आपूर्ति ब्यवस्था बढाउन आगह गरिएको महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार चाडवाडको समयमा दैनिक ३५ देखि ४० किलोसम्म र अन्य सामान्य समयमा दैनिक २५ देखि ३० किलो सुनको माग रहेको छ । हाल ब्यवसायीहरुले दैनिक २० किलोकादरले मात्र कच्चा सुन पाउँदै आएका छन् । कार्यकारी निर्देशक पौडेलसँगको भेटकाक्रममा अध्यक्ष शाक्यले सुनको सहज आपूर्ति ब्यवस्था मिलाइनु पर्ने, नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा उल्लेख भए अनुरुप क्षेत्रगत रुपमा विभिन्न नौ वटा नाकाहरुवाट कच्चा सुन वितरणको ब्यवस्था मिलाइनु पर्ने, सुनचाँदी ब्यवसायीले सवै बैंकका खाता खोल्नुपर्ने बाध्यात्मक ब्यवस्था हटाई एकल खाता प्रणालीमा जानुपर्ने माग राख्नुभयो । यस्तै सुन आयातमा बैंकको एकाधिकार तोडी निजी क्षेत्रलाई पनि सहभागी गराइनु पर्ने, गोल्ड एक्स्चेञ्ज स्थापनका लागि पहल गर्नुपर्ने, कोरोना प्रभावित सुनचाँदी ब्यवसायीलाई पुर्नकर्जाको ब्यवस्था मिलाइनु पर्ने, चाँदीको आयातलाई ब्यवस्थित वनाइनु पर्ने लगालयतका मागहरु प्रश्तुत गर्नुभयो । भेटका क्रममा महासंघका तर्फवाट निवर्तमान अध्यक्ष मोहन कुमार सुनार, वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, उपाध्यक्ष मोहन काजी शाक्य, महासचिव धर्म शुन्दर बज्राचार्य लगायतको सहभागिता रहेको महासंघका प्रवक्ता मनोज कुमार शाहले जानकारी दिनुभयो । पछिल्लो समयमा दैनिक २० किलोका दरले कच्चा सुन उपलब्ध गराउने ब्यवस्था छ । यसले बजारको माग धान्न नसक्दा ब्यवसायी मर्कामा परेका छन् ।
Photos doesn't exist.



More Albums
नेपाल सुनचाँदी ब्यबसायी महासंघको प्रतिनिधीमण्डल र शिक्षा मन्त्रि श्रेष्ठबीच भेटवार्ता सम्पन्न
काठमाडौं- नेपाल सुनचाँदी ब्यब ...

आमस्मिक पदाधिकारी वैठक सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

नुवाकोट सुनचाँदी व्यवसायी संघको सातौ र आठौ साधारणसभा सम्पन्न
नुवाकोेट । नुवाकोट सुनचाँदी व ...

सुनचाँदी व्यवसायी संघ कास्कीको पदस्थापन
काठमाडौं सुनचाँदी व्यवसायी सà ...

जेम्स एण्ड ज्वेलरी काउन्सिलको पुनर्गठन ।
काठमाडौं- सुनचाँदी ब्यवसायको ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको पहिलो पूर्ण वैठक सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

स्वदेशी श्रम र शीपलाई प्रवद्र्धनगर्न गभर्नर अधिकारीको आग्रह, भुक्तानीमा डिजिटल प्रणाली ‘क्युआर कोड’
काठमाडौं । नेपाल राष्ट्र बैंक ...

सुनको आपूर्ति ब्यवस्था सहज वनाइने
???????? ? ??????? ??????? ?????? ????? ???? ????? ???? ? ?????? ????? ???????? ?? ????????? ? ?????????? ?????? ???? ? ? काठमाड ...

नेपाली गरगहनाको निर्यात प्रवद्र्धनकालागि शिप मूलक तालिममा जोड
काठमाडौं । नेपाली गरगहनाको नà ...

सुन आयातमा लागु हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग
काठमाडौं- सुनचाँदी ब्यवसायीहà ...