आर्थिक नियमावलीमा सुनचाँदीका मुद्धा समावेस गर्न ब्यवसायीको आग्रह
Date: Jan 04, 2022
काठमाडौं ।
सुनचाँदी ब्यवसायीहरुको छाता संस्था नेपाल सुनचाँदी ब्यवसायी महासंघले आर्थिक नियमावलीमा सुनचाँदीका मुद्धा समावेस गर्न सरकारसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधी मण्डलले बुधबार आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेटगरी ब्यवसायीका समस्या समाधानगर्न आग्रह गरेको हो ।
भेटका क्रममा ब्यवसायीका तर्फवाट खासगरी तीन वटा माग अगाडि सारिएको थियो । त्यसमध्ये पहिलोमा जर्तिको मापदण्डमा एकरुपता कायम गर्दै १० प्रतिशत गर्नुपर्ने छ । हाल जर्ति सम्वन्धी ठोस ब्यवस्था नहुँदा फरक फरक दर कायम हुँदै आएको छ । यस्तै ब्यवसायीले सुनचाँदी जस्तो वहुमुल्य धातुको कारोवारमा नगद करोबारको सिमा ५० हजारवाट बढाएर १० लाख पुर्याउनुपर्ने माग गरेको छन् । ब्यवसायीले अगाडि सारेको तेस्रो मागमा लेखा परीक्षण सम्वन्धी ब्यवस्थमा एकरुपमा हुनुपर्ने रहेको छ ।
ब्यवसायी संगको भेटका क्रममा विभागका महानिर्देशक पौडेलले ब्यवसायीले उठाएका मागहरुलाई अध्ययन गरी सम्वोधन गर्न पहल गर्ने आश्वासन दिनुभयो । उहाँले भन्नुभयो, ‘ब्यवसायीका समस्या साधानगर्न विभागले सदैव सहयोग गर्दै आइरहेको छ । अव पनि के गर्न सकिन्छ त्यो अध्ययनगरी हामी आवश्यक निर्णय लिन्छौं ।’
त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले प्रष्ट कानूनी ब्यवस्थाको अभावमा बजारमा ब्यवसायीवीच दुविधा उत्पन्न नहोस र जर्ति जस्तो बिषयमा ब्यवसायीले आफूखुशी सिमा निर्धारण गर्दा एउटै सामानको पसलपिच्छे फरक फरक मुल्य कायम नहोस भन्ने उद्धेश्यले आर्थिक नियमावलीमार्फत यसलाई समेट्न आग्रह गरिएको बताउनुभयो । यसवाट सरकारी राजस्वमा समेत योगदान पुग्ने उहाँको
More Albums
Dang tulsipur Gold and silver dealers Assocaition AGM ...
Lalitpur gold and silver dealers association annual AGM program ...
Rastriya vela 2073.10.17 ...
held on 2073/3/17 friday at fenegosida officce ...
10th Karyasamiti Baithak @ FENEGOSIDA Office ...
Banigya Mantralaya sanga aanupacharik chalfal ...
Karya sala ghosthi on 72/10/17 ...