Tel +977-1-4532270
21
Bhadra
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
131430/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
1539/-

FINE GOLD (9999)
per 1 tola

रु
153300

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
1795

Notices:

विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न आन्तरिक राजस्व विभागको आग्रह

Date: Jun 29, 2022
काठमाडौं । आन्तरिक राजस्व विभागले विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न करदाताहरुलाई आग्रह गरेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग बुधबार भएको छलफलका क्रममा विभागले विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न ब्यवसायीलाई आग्रह गरेको हो । विभागले हालै एक सूचना प्रकाशनगरी १० करोडभन्दा बढीको कारोबार हुने करदातालाई विद्युतीय माध्यमवाट वीजक जारी गर्न आग्रह गरेको थियो । सोही बिषयमा छलफलगर्न गएको महासंघको प्रतिनिधीमण्डलसँग विभागले विद्युतीय माध्यमवाट कर वीजक जारी गर्दा हुने फाइदाका बिषयमा समेत जानकारी गराएको थियो । छलफलकाक्रममा विभागमा महानिर्देशक रितेश कुमार शाक्यले कर प्रणालीलाई समय सापेक्ष वनाउनेक्रममा पछिल्ला दुई मध्ये एक आर्थिक बर्षमा १० करोडभन्दा बढीको कारोबार हुने करदातालाई विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न विभागले आग्रह गरेको बताउनुभयो । त्यसक्रममा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले विद्युतीय माध्यमवाट कर वीजक जारी गर्दा ब्यवसायीलाई पर्ने कठीनाइका बारेमा जानकारी गराउनुभएको थियो । त्यसक्रममा उहाँले झण्झटिलो प्रकृयाका कारण ब्यवसायीलाई पर्ने असुविधालाई सम्वोधन गर्न विभागसँग आग्रह गर्नुभयो । त्यसक्रममा विभागका पदाधिकारीहरुले सुरुवाती चरणमा कुनै पनि बिषय अप्ठ्यारो लाग्नु स्वभाविक भए पनि यसलाई क्रमशः सहजिकरण गर्दै लजानुपर्ने खाँचो औंल्याउनुभयो । त्यसक्रममा विभागका तर्फवाट विद्युतीय माध्यमवाट कर वीजक जारी गर्दा ब्यवसायीलाई कुनै अप्ठ्यारो आइपरे विभागले सहजिकरण गर्ने प्रतिवद्धता समेत जनाइएको छ । छलफलकाक्रममा महासंघका तर्फवाट बिशिष्ट सदस्य मणिरत्न शाक्य, उपाध्यक्ष दियशरत्न शाक्य, महासचिव धर्मशुन्दर बज्राचार्य लगायतको सहभागिता रहेको थियो । त्यसक्रममा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र काठमाडौं सुचाँदी ब्यवसायी संघका पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो ।



More Albums
Dang tulsipur Gold and silver dealers Assocaition AGM
Dang tulsipur Gold and silver dealers Assocaition AGM ...

Lalitpur gold and silver dealers association annual AGM program
Lalitpur gold and silver dealers association annual AGM program ...

Bisesh Sadharan sava
...

4th Sthapana Diwas
...

Rastriya vela 2073.10.17
Rastriya vela 2073.10.17 ...

12th executive meeting
held on 2073/3/17 friday at fenegosida officce ...

3rd AGM photoes
3rd AGM Photoes ...

10th Karyasamiti Baithak
10th Karyasamiti Baithak @ FENEGOSIDA Office ...

Banigya Mantralaya sanga aanupacharik chalfal
Banigya Mantralaya sanga aanupacharik chalfal ...

Karya sala ghosthi on 72/10/17
Karya sala ghosthi on 72/10/17 ...