सुनचाँदी ब्यवसाय प्रवर्धन र प्रविधि हस्तान्तरणकालागि इण्डियन इन्टरन्यासनल ज्वेलरी शो उपलब्धिमूलक
Date: Aug 11, 2022
काठमाडौं ।
भारतको मुम्वइमा भएको इण्डियन इन्टरन्यासनल ज्वलरी शो (आइआइजेएस) सुनचाँदी ब्यवसाय प्रवद्र्धन र प्रविधि हस्तान्तरणकालागि उपलब्धिमूलक भएको मेलामा सहभागी नेपाली ब्यवसायीहरुले बताएका छन् । मेला यही साउन १९ देखि २३ सम्म भारतको मुम्वइमा भएको थियो । उक्र मेलामा नेपाल र भारतका सुनचाँदी ब्यवसायीहरुबीच सुनचाँदी ब्यवसाय प्रवद्र्धन र प्रविधि हस्तान्तरणका बिषयमा परामर्श भएको थियो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले मेलाका अवसरमा नेपालका तर्फवाट गएको प्रतिनिधिमण्डलले सुनचाँदी ब्यवसायमा भित्रिएको आधुनिक प्रविधि र दुई देशवीच त्यसको हस्तान्तरण तथा साटफेर गर्न मद्धत पुगेको बताउनुभयो ।
नेपालमा तर्फवाट मेलामा अध्यक्ष शाक्यको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली तथा मेला समितिका संयोजक विपिन रामुदामु लगायत महासंघको देशभरवाट छानिएका प्रतिनिधी सहभागी थिए ।
मेलाका अवसरमा भारतको जेम्स एण्ड ज्वलरी काउन्सिलका अध्यक्ष कोलिन शाह, कार्यकारी निर्देशक विक्रान्त प्रधान, अन्तर्राष्ट्रिय विभाग हेर्ने निर्देशक श्रीधर इंगार, पोलिसि लविङ डाइरेक्टर सुरुची खिन्द्रिया लगायतसँग दुई पक्षिय परामर्श भएको थियो । यस्तै सो अवसरमा इण्डियन इन्स्टिच्युट अफ जेम्स एण्ड ज्वेलरीका प्रिन्सिपल भरत भास्वानी लगायतका ब्यीक्तसँग पनि महासंघको प्रतिनिधिमण्डलले छफफल गरेको थियो ।
मेलाका अपसरमा दुई देशका ब्यवसायीबीच आपसी सम्वन्ध विस्तार, गरगहनाको क्षेत्रमा विकास भएका नविनतम प्रविधिको साटासाट तथा आगामी दिनमा दुई पक्षवीचको सम्वन्ध थप सुदृढ वनाउने लगायतका बिषयमा छलफल भयो ।
More Albums
Chitwon gold and silver dealers association AGM ...
Dang tulsipur Gold and silver dealers Assocaition AGM ...
Lalitpur gold and silver dealers association annual AGM program ...
Rastriya vela 2073.10.17 ...
held on 2073/3/17 friday at fenegosida officce ...
10th Karyasamiti Baithak @ FENEGOSIDA Office ...
Banigya Mantralaya sanga aanupacharik chalfal ...