Tel +977-1-4532270
8
Baisakh
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
163750/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
1680.50/-

FINE GOLD (9999)
per 1 tola

रु
191000

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
1960

Notices:

Press Release

तुलसीपुर दाङ सुनचाँदी ब्यवसायी संघको १४ औं बार्षिक साधारणसभा सम्पन्न

Posted: 09 January, 2023



तुलसीपुर दाङ सुनचाँदी ब्यवसायी संघको १४ औं बार्षिक साधारणसभा सम्पन्न
 
 दाङ ।
तुलसीपुर दाङ सुनचाँदी ब्यवसायी संघको १४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । तुलसीपुर दाङमा २०७९ पुस २३ गते शनिबार आयोजित एक बिशेष समारोहकावीच साधारणसभा सम्पन्न भएको हो ।
 
नेपाल सुनचाँदी व्यवसायी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको प्रमूख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा महासंघका कोषध्यक्ष सुदीप श्रेष्ठ, केन्द्रिय सदस्यहरु ध्रुव गहतराज र लोक वहादुर सुनार लगयतको उपस्थिति रहेको थियो ।
 
 
 
 
तुलसीपुर दाङ सुनचाँदी ब्यवसायी संघका अध्यक्ष हरिकृष्ण वि। क। को अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा नेपाली गरगहना निर्यातमा समस्या रहेको बताउनुभएको छ ।
 
अध्यक्ष शाक्यले सुनका नेपाली गरगहना विश्वमा छरिएर रहेका नेपालीमाझ र्पुयाउनसके आर्थिक समृद्धि प्राप्त गर्न सकिने बताउनुभयो ।
 
 
 
अध्यक्ष शाक्यले नेपाली गरगहना बनाउन विदेशी कालिगड ल्याउनुपर्ने अवस्थाको चाँडै अन्त्य गर्न महासंघले कालिगड उत्पादनमा जोड दिएको बताउनुभयो । नेपाली गरगहना बनाउन विदेशीको भर पर्नुपर्ने तर रोजगारीका लागि नेपाली विदेश जानुपर्ने अवस्थाको अन्त्यका लागि उहाँले सिटिईभिटी मान्यताप्राप्त प्रमाणपत्र कालिगड उत्पादनको प्रक्रिया शुरु भइसकेको बताउनुभयो ।
 
यस्तै उहाँले नेपाल राष्ट्र बैंकले पर्याप्त सुन बिक्रि नगर्दा उपभोक्तलाई सुन र्पुयाउनै मुस्कील हुने गरेको बताउनुभयो । नेपालमा दैनिक ३० केजीभन्दा माथि सुन आवश्यक भएपनि अहिले दैनिक १० केजी सुनमात्रै व्यवसायीले पाउने गरेको उहाँले बताउनुभयो ।
 
त्यस अवसरमा निवर्तमान स्वास्थ्य राज्य मन्त्री हिराचन्द्र केसीले बैंकको व्याजदर वृद्धिले व्यवसायी मारमा परेको बताउनुभयो । उहाँले सरकारले कालिगडलाई आवश्यक तालिम प्रदान गर्न आवश्यक बजेट निर्माण गर्नुपर्ने बताउनुभयो ।
 
कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष सुदिप श्रेष्ठले कच्चापदार्थको आपूर्तिमा दिर्घकालिन समाधान आवश्यक रहेको बताउनुभयो । उहाँले गतवर्ष नेपालबाट विश्वबजारमा ३० करोडको सुनका गरगहना निर्यात भएको र जुन निकै कम भएको बताउनुभयो ।
 
मानवअधिकार तथा शान्ति समाज केन्द्रीय वरिष्ठ उपसभापति सुशील बस्नेतले राज्यले व्यवसायीको सुरक्षाको प्रत्याभूत दिलाउनुपर्ने बताउनुभयो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले सुनका गरगहना बनाउने कालिगडलाई तालिम प्रदान गर्न नगरले आवश्यक बजेट व्यवस्थापन गर्ने बताउनुभयो ।
 
कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्ल, तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजाल, नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य लोकराज स्वणर्कार लगायतले मन्तव्य राख्नुभएको हो । कार्यक्रमको सहजीकरण पत्रकार बसन्त परियारले गर्नुभएकोे हो ।