Tel +977-1-4532270
12
Chaitra
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
148575/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
1697.50/-

FINE GOLD (9999)
per 1 tola

रु
173300

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
1980

Notices:

Press Release

तुलसीपुर सुनचाँदी ब्यबसायी संघका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण तुलसीपुर ।

Posted: 23 February, 2025



तुलसीपुर सुनचाँदी ब्यबसायी संघका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण  तुलसीपुर ।
तुलसीपुर दाङ सुनचाँदी ब्यबसायी संघका नयाँ पदाधिकारीले शनिबार पदभार ग्रहण गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी ब्यबसायी महासंघका विशिष्ट सदस्य मोहन सुनारको प्रमूख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
 
 
 
 
तुलसीपुरको कराइ इभेन्ट स्पोर्ट रेष्टुरेण्टमा आयोजित एक समारोहका बीच फागुन ३ गते सर्वसम्मत रुपमा हरिकृष्ण बिकको नेतृत्वमा १६ सदस्य नयाँ कार्य समिति चयन गरिएको थियो ।
 
समितिको उपाध्यक्षमा द्धय मनोज शाह र पुष्कर सुनार, महासचिवमा तुलसीराम सुनार, कोषाध्यक्षमा लोकेन्द्र वली ९लिलाबहादुर वली०, सचिवमा मोहनलाल कामी र सहकोषाध्यक्षमा कोमल डिसी रहेका छन् ।
 
 
 
त्यस्तै कार्यसमितिको सदस्यहरुमा हिरालाल सुनार, जनककुमार शेर्पाइली, मोहन बिक, पर्शुराम सुनार, भुपेन्द्र सुनार, शान्ताकुमारी बिक, शुष्मा बिक, पूजा रसाइली र मनिषा शाह रहेका छन् । त्यस्तै समितिको मानार्थ सदस्यमा मदन केसीलाई चयन गरिएको छ ।
 
नयाँ कार्यसमितिलाई निर्वाचन समिति संयोजक मधुसुधन गौतमले सामुहिक रुपमा सपथ खुवाएका थिए ।
 
कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी ब्यबसायी महासंघका विशिष्ट सदस्य मोहन सुनारले संगठित र एक ढिक्का भएर ब्यबसायीका समस्या समाधान गर्नमा जोड दिए ।
ब्यबसायी भित्र थुप्रै समस्याहरु रहेको र ती समस्या समाधानका लागि राज्यले पहल गर्नु पर्ने उनले बताएका थिए ।
 
कार्यक्रमलाई महासंघका उपाध्यक्ष बुद्धि दियाली, कोषाध्यक्ष सुदीप श्रेष्ठ, लुम्बिनी प्रदेशका अध्यक्ष धुर्वराज गहतराज, सुदुरपश्चिम अध्यक्ष सञ्तोष लामिछाने लगाएतले नयाँ समितिलाई बधाइ दिनुका साथै सफल कार्यकालको शुभकामना दिएका थिए ।
 
कार्यक्रकमको सहजीकरण तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माले गरेका थिए ।