Tel +977-1-4532270
15
Jestha
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
249145/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4321/-

FINE GOLD (9999)
per 1 tola

रु
290600

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
5040

Notices:

Press Release

प्रेस विज्ञप्ति

Posted: 31 March, 2025



नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ औं वार्षिक साधारण सभा, कास्की, पोखरा
 
नेपाल सुनचाँदी व्यवसायी महासंघले १२ औं वार्षिक साधारण सभा २०८१ साल चैत १६ गते शनिबार, कास्कीको पर्यटकीय नगरी पोखरामा भव्य रूपमा सम्पन्न हुन गइरहेको यहाँहरुलाई अवगत गराउँदछौं । उक्त सभा महासंघमा ८० जिल्ला÷नगर, १ वस्तुगत संघ र २२ वटा एशोसिएट सदस्हरु सहित अतिथिहरु, पर्यवेक्षकहरु एवं सदस्यहरु समेत करिव ७ सय सहभागीता हुनेछ ।  
वार्षिक साधारण सभाको औपचारिक उद्घाटन नेपाल सरकारका माननिय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री पृथ्वी सुब्बा गुरुङको प्रमूख आतिथ्यतामा सम्पन्न हुनेछ । त्यसक्रममा गण्डकी प्रदेशका माननिय मुख्य मन्त्री श्री सुरेन्द्र राज पाण्डे बिशिष्ट अतिथिका अपस्थित हुनु हुनेछ । 
साधारण सभाको अवसरमा नेपाल सरकारका मन्त्री ज्यूहरु, सभाषद्ज्यूहरु, नेपाल सरकारका सचिव ज्युहरु, विभिन्न सरकारी निकायका महानिर्देशकज्यूहरु, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्श, नेपााल उद्योग परिसंघ लगायतका निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रमूखहरु, स्थानियस्तरमा रहेका विभिन्न सरकारी निकायका प्रमूखज्यरुहरु, लगायतका अतिथिरुको सहभागिता रहने छ । त्यस अवसरमा महासंघको हालसम्मका उपलब्धिहरू, आगामी योजना र सुनचाँदी व्यवसायका विभिन्न आयामबारे गहन छलफल तथा विचार विमर्श हुनेछ । 
उद्घाटन सत्रको समापन पश्चात बन्द सत्र सञ्चालन हुनेछ । त्यसक्रममा अध्यक्षको स्वागत मन्तब्य, महासचिवको प्रगति प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, लेखा परीक्षक नियूक्ती सहित समसामयिक एजेण्डा समावेस हुनेछन् । 
महासंघको विधानलाई थप समसामयिक, ब्यवहारिक र प्रभावकारी वनाउने उदेश्यले विद्यमान विधानको तेस्रो संशोधन गर्ने एजेण्डा पनि यस पटकको साधारण सभामा समावेस गरिएको छ । साधारण सभाको अन्त्यमा सुनचाँदी व्यवसायलाई अझ मर्यादित, प्रतिष्पर्धी, गुणस्तरयुक्त, पारदर्र्शी र दिगो बनाउने उद्देश्यका साथ विभिन्न एजेण्डाहरुलाई समेटेर पोखरा घोषणा पत्र सार्वजनिक गरिने छ । 
अर्जुन रसाइली
अध्यक्ष
नेपाल सुनचाँदी ब्यवसायी महासंघ