Tel +977-1-4532270
15
Falgun
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
269975/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4921/-

FINE GOLD (9999)
per 1 tola

रु
314900

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
5740

Notices:

Recent News

बजेटले गरेका अब्यवहारिक व्यवस्था संशोधन गर्न सरकारको ध्यानाकर्षण

Posted: 11 June, 2023



बजेटले गरेका अब्यवहारिक व्यवस्था संशोधन गर्न सरकारको ध्यानाकर्षण
सुनाखरी न्युज / काठमाडौं ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बजेटले गरेका कतिपय व्यवस्थामा आपत्ति जनाउदै ति व्यवस्था संशोधन गर्न सरकारको ध्यानाकबर्षण गराएको छ । महास.घको प्रतिनिधीमण्डलले अर्थ मन्त्रालयका आर्थिक साल्लाहकार डा. पोषराज पाण्डेसँग भेटगरी सो आग्रह गरेको हो । 
महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको प्रतिनिधीमण्डलले बजेट मार्फत सुनचाँदीका वस्तुमा २ प्रतिशत बिलासिता कर लगाउने बिषयमा गरेको घोषणामा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। सुनचाँदी ब्यवसायमा आवद्ध तीनवटै महासंघले यसअघि नै तत्काल उक्त कर लगाउने घोषणा फिर्ता माग गरिसकेका छन्।
 
 
भेटकाक्रममा बजेटले गरेको व्यवस्था आम सुनचाँदी ब्यवसायीको हित विपरित भएको ठहर समेत महासंघले गरेको छ। विदेशबाट आउने पुरुषले २५ ग्राम र महिलाले ५० ग्राम सुनका गहना ल्याउन पाउने र त्यसमा पनि रसायन सहितका गरगहना हुनुपर्ने विभेदकारी नीति अवलम्वन गरेकोमा व्यवसायीले विरोध गरेका छन्।
 
भन्सार दरमा गरिएको अस्वभाविक वृद्धिका कारण नेपाली सुनचाँदी ब्यवसायमा नकारात्मक असर पर्ने भन्दै महासंघका वरिष्ठ उपाध्यक्ष अुर्जन रसाइलीलले अस्वभाविक रुपमा भन्सार बढाउँदा विदेशमा भन्दा नेपालमा सुनचाँदीका गरगहना महंगो पर्ने भएकोले विदेशमा वस्ने नेपालीहरुले नेपाली भन्दा विदेशी गरगहना नै किन्ने अवस्था सृजना भई स्वदेशी रोजगारी गुम्ने र व्यापार घाटा घटाउन गरगहना निर्यात गर्न पनि उच्च भन्सार दरको ब्यवस्थाबाट प्रतिस्पर्धात्मक क्षमतामा कमी भई निर्यात हुन नसक्ने बताउनुभयो  ।
 
 
 
यी सबै व्यवस्था संशोधन नभए सबै व्यवसायी आन्दोलनमा जानु बाहेक विकल्प नहुने महासंघले जनाएको छ ।
ब्यवसायीसंगको भेटका क्रममाअर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. पाण्डेले ब्यवसायकिा मागलाई सम्वाधेन गर्न पहल गरिने आश्वासन दिनुभयो । त्यसत्र क्रममा भसार विभागका महानिर्देशक शोभाकान्त पौडेलले ब्यवसायीले उठाउका जायज मागलाई सम्वोधन गरिने प्रतिवद्धता जनाउनुभयो  ।
भेटका क्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, उपाध्यक्ष विपिन रामुदामु, शिव सर्राफ, महासचिव धर्मशुन्दर बज्राचार्य, प्रवक्ता मनोज साह लगायतको उपस्थिति रहेको थियो ।