Tel +977-1-4532270
21
Bhadra
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
131430/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
1539/-

FINE GOLD (9999)
per 1 tola

रु
153300

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
1795

Notices:

Recent News

नेपाल सुनचाँदी ब्यवसायी महासंघमा नयाँ नेतत्व, अध्यक्षमा अर्जुन रसाइली

Posted: 01 July, 2024



नेपाल सुनचाँदी ब्यवसायी महासंघमा नयाँ नेतत्व, अध्यक्षमा अर्जुन रसाइली
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यसायी महासंघमा अर्जुन रसाइलीको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको छ । असार १४ र १५ गते काठमाडौंमा आयोजना भएको महासंघको ९ औं? १० औं र ११ औं बार्षिक साधारण सभा तथा चौथो महाअधिवेशनले रसाइलीको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्य समिति निर्विाचित भएको हो । 
शनिबार भएको निर्वाचनमा कुल ४ सय ४६ मतदाता थिए । त्यसमध्ये ४ सय ३५ मत खसेको थियो । नवनिर्वाचित अध्यक्ष रसाइलीले २ सय ५० मत प्राप्त गर्नुभयो । अधयक्षका अर्का प्रत्यासी महासंघका तृतीय उपाध्यक्ष विपिन रामुदामुले १ सय ८४ मत प्राप्त गर्नुभएको थियो । 
कार्य समितिको वरिष्ठ उपाध्यक्षमा दियशरत्न शाक्य,  प्रथम उपाध्यक्षमा धर्मसुन्दर बज्राचार्य, दित्तिय उपाध्यक्षमा वुद्धि दियाली, तृतिय उपाध्यक्षमा रुपदल विश्वकर्मा, एसोसिएटस उपाध्यक्षमा पवन सोमानी र महासचिवमा किरणभभाई बज्राचार्य निर्वाचित हुनुभयो । 
यस्तै कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवमा टुलक प्रसाद विश्वकर्मा र निर्मल दियाली, सहकोषाध्यक्षमा पद्धमशुन्दर शाक्य निर्वाचिभत हुनुभयो । 
यस्तै प्रत्येक प्रदेशवाट २ जनाका दरले निर्वाचित हुने सदस्यमा कोसीवाट राजकुमार गुप्ता र जयप्रकास गजमेर, मधेसवाट विकास कुमार सारडा र मनोज कुमार सर्राफ, वागमतिवाट प्रकाशचन्द्र शाक्य र जीवन शाक्य, गण्डकीवाट हिमवहादुर विश्वकर्म र विनोदकमार विक, लुम्विनीवाट भीमसिंह विके र संजय सोनी, कणालीवाट ज्ञानेन्द्रबहादुर विश्वकर्मा र मेघराज सुनार तथा सुदुरपश्चिमवाट गणेशबहादुर सुिनार र रमेश बहादुर सुनार निर्वाचित हुनुभयो । 
यस्तै नगर संघवाट बिमल कुमार बेगवानी, टिकाराम लामगादे र दिनेश साह सोनार निवाचित हुनुभयो  ।खुल्ला सदस्यतर्फ निर्वाीचत हुनेमा जीवनज्योति बिश्वकर्मा, राजेन्द्र सुनार, चेत नारायण विश्वकर्मा, राजभाई बज्राचार्य, नरेन्द्र बिश्वकर्मा, मनकाजी बिश्वकर्मा, लोमकहादुर सुनार, हेमराज शक्य र तारा बहादुर सुनार हुनुहुन्छ । महिलातर्फवाट सिता बिश्वकर्मा र रितु बिश्वकर्मा, वस्तुगतवाट चित्र वहादुर महाल र एसोसिएटस्वाट सुजित शाक्य निर्वाचित हुनुभयो । महासंघको निवर्तमान अध्यक्षमा माणिकरत्न शाक्य हुनुहुन्छ । कार्य समितिको वाँकी सदस्यहरु तथा विशिष्ट सदस्य अध्यक्ष तथा कार्य समतिले चयन गर्ने छ ।