Tel +977-1-4532270
30
Ashoj
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
215105/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
2808/-

FINE GOLD (9999)
per 1 tola

रु
250900

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
3275

Notices:

सुनचाँदी ब्यवसायी महासंघद्धारा उपप्रधान एवं अर्थमन्त्री पौडेलसँग भेट, भन्सार दर समायोजन गर्न आग्रह

Date: Jul 26, 2024
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधीमण्डलले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग भेटगरी भन्सार दर समायोजन गर्न आग्रह गरेको छ । महासंघका कार्यवाहक अध्यक्ष दियेश रत्न शाक्यको नेतृत्वमा २०८१ साउन ९ गते बुधबार गएको महासंघको प्रतिनिधीमण्डलले सिंहदरबार स्थित उहाँकै कार्यकक्षमा भारत सरकारले बजेट मार्फत भन्सार दर घटाए पछि नेपालमा परेको प्रभावका बिषयमा जानारी गराउँदै नेपालमा पनि सोही अनुरुप हुनेगरी भन्सार दर समायोजन गर्न आग्रह गरेको थियो । भारत सरकारले हालै आफ्नो बजेट मार्फत सुनचाँदीमा लाग्दै आएको भन्सार दर १५ प्रतिशत वाट घटाएर ६ प्रतिशतमा झारेको छ । नेपाल भने चालु आर्थिक बर्षको बजेट मार्फत सुनको भन्सार दर बृद्धि गरी २० प्रतिशत पुर्याइएको छ । नेपाल र भारत बीच खुल्ला सिमानाका भएकोले दुई देश बीचको भन्सार दर बीच असन्तुलन हुँदा अबैघ कारोबारले प्रोत्साहन पाउन सक्ने भएकोले नेपालमा हालm कायम रहेको भन्सार दर घटाई भारतीय बजार सँग नजिक हुनेगरी निमान गर्नुपर्ने आवश्यकता महासंघले उठाएको हो । त्यसक्रममा अर्थमन्त्री बिष्णु पौडेलले ब्यवसायीले राखेका मागलाई आफरुले गंभिर रुपमा लिएको बताउँदै आश्वयक अध्ययन पश्चात उचित निर्णय लिइने आश्वासन दिनुभयो । मन्त्री पौडेलसँगको भेटका क्रममा ब्यवसायीहरुले सुनको आयतमा कोटा बृद्धि गर्नुपर्ने, बर्षभरी हुने आयातलाई सिलिङ मानेर बजारको माग र आवश्यकताका आधारमा एउटा महिनाको सुन बर्ष भरीमा जुन सुकै महिना पनि ल्याउन पाउनुपर्ने, सुनचाँदीको गरगहना आयातमा भएको ब्यवस्थलाई प्रभावकारी वनाइनुपर्ने, चाँदी आयातको सिमा बृद्धि गरिनुपर्ने लगायतमा माग राखेका थिए । ब्यवसायीले राखेमा अन्य मागमा कच्चा सुन आयातमा २० प्रतिशत भन्सार लागू गरिएको सन्दर्भमा तयारी गहना आयातमा यो भन्दा बढी भन्सार लागू हुनु पर्नेमा सार्क राष्ट्रबाट आयात गर्दा ९ दशमलव ५ प्रतिशत मात्र कायम भएकोले यसले अत्यधिक सुनका गहना आयात हुनसक्ने भएकोले एकातिर राष्ट्रको लागि न्यून भन्सार शुल्कबाट बार्षिक अरबौं रुपियाँको क्षति हुने सक्ने र अर्काेतिर देश भित्र सुनचाँदी व्यवसाय क्षेत्रले प्रत्यक्ष अप्रत्यक्ष उपलब्ध गराएको लाखौंको रोजगारी धरापमा पर्ने भएकोमा यसमा पुनरावलोनक गर्नुपर्ने छ । यस्तै कच्चा चाँदीमा १५ प्रतिशत भन्सार लागू हुँदा तयारी चाँदीका गहना आयात गर्दा सो भन्दा कम क्रमशः ६ प्रतिशत र १० प्रतिशत (सार्क राष्ट्र भित्र वा बाहिरी राष्ट्र बाट) कायम भएकोले यसले पनि राष्ट्रको लागि भन्सार आय र स्वदेशी कालीगढको रोजगारीमा बृहत रूपमा नकारात्मक प्रभाव पार्ने भएकोले सुनका गहना आयातमा न्यूनतम २५ प्रतिशत र चाँदीका गहना आयातमा न्यूनतम २० प्रतिशत भन्सार कायम गर्न आवश्यक देखिन्छ । साथै वहुमुल्य वस्तुहरुमा विलासी कर लगाउने ब्यवस्था गरिए र अहिलेको अवस्थामा त्यो समेत समय सान्दर्भिक नभएको ब्यवसायीको भनाई छ । मन्त्री पौडेलसँगको भेटका क्रममा महासंघवाट प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य, चतुर्थ अपाध्यक्ष पवन सोमानी, महासचिव किरणभाई बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
Photos doesn't exist.



More Albums
१२ औं बार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन पेश गर्दै महासंघका कोषाध्यक्ष सुदिप श्रेष्ठ
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

१३ बुँदे पोखरा घोषणापत्र जारी
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

१३ बुँदे पोखरा घोषणापत्र जारी
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक साधारण सभा भब्यरुपमा सम्पन्न, १३ बुँदे पोखरा घोषणापत्
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

सुनचाँदी ब्यवसायी महासंघ लुम्विनी प्रदेशले बुझायो प्रधानमन्त्री ओलीलाई १३ बुँदे ज्ञापन पत्र
सुनाखरी न्युज दाङ । नेपाल सुनठ...

सुनचाँदीको भन्सार दर घटाउन उपप्रधानमन्त्री तथा अर्थ मन्त्री पौडेल सकारात्मक
काठमाडौं । उपप्रधानमन्त्री तà ...

सुनचाँदी ब्यवसायी महासंघद्धारा उपप्रधान एवं अर्थमन्त्री पौडेलसँग भेट, भन्सार दर समायोजन गर्न आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा क्षमता मूल्याङकन तथा अभमिुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

नेपालगञ्ज सुनचाँदी ब्यवसायी संघमा सलाउद्धीन जसगढको अध्यक्षतामा नयाँ कार्य समिति
बाँके । नेपालगञ्ज सुनचाँदी बॠ...

सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी मापदण्ड जारी गर्न आग्रह
काठमाडौं । सुनचाँदी ब्यवसायमà ...