Tel +977-1-4532270
21
Bhadra
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
131430/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
1539/-

FINE GOLD (9999)
per 1 tola

रु
153300

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
1795

Notices:

सुनचाँदी ब्यवसायलाई घरेलु उद्योगकोरुपमा विकास गर्न सकिन्छः राष्ट्रपति पौडेल

Date: Mar 24, 2023
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनचाँदी ब्यवसायलाई घरेलु उद्योगकोरुपमा विकास गर्न सकिने बताउनुभएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघको पदाधिकारीसँग शुक्रबार भेट्दै राष्ट्रपति पौडलले घरेले उद्यामकोरुपमा विकास गर्न सकीए यो ब्यवसायवाट धेरै लाभ लिन सकिने धारणा ब्यक्त गर्नुभएको हो । नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिनेक्रममा महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा महासंघको प्रतिनिधीमण्डल गएको थियो । महासंघका पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले मुलुकको बर्तमान आर्थिक अवस्थाले आफूलाई चिन्तित बनाएको बताउनुभयो । त्यसक्रममा उहाँले घरेलु श्रम र शिपको प्रयोगगरी यो ब्यवसाय सञ्चालन गर्दा राज्य, ब्यवसायी र आम उपभोक्ता सवैलाई फाइदा पुग्ने बताउनुभयो । मुलुकको आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने उहाँको भनाइ छ । राष्ट्रपति पौडेलले भन्नुभयो, ‘सरकारले पूर्णता पाइसकेको छैन । सरकारले पूर्णता पाए लगत्तै अर्थतन्त्रलाई मजवुत र प्रभावकारी वनाउन आवश्यक परामर्श गरिने बताउनुभयो । वर्तमान संकट समाधनका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने पौडेलको भनाई छ । मुलुकभित्र उत्पादन वृद्धि एवम रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिनुभयो । राष्ट्रपति पौडलसँगको भेटका क्रममा महासंघका अध्यक्ष शाक्यले आर्थिक विकास र समृद्धिका लागि सुनचाँदी ब्यवसायीका तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । अध्यक्ष शाक्यले भने, कच्चा पदार्थको अभावमा ब्यवसायीले समस्इा झेल्नुपरेको बताउँदै पर्याप्त कच्चा पदार्थको आयात सुनिश्चितगरी नेपाली गरगहनाको निर्यात प्रवद्र्धनमा ध्यान दिनसक्नुपर्ने खाँचो औंल्याउनुभयो । पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवम सर्वसाधारण ऋणीमा गम्भीर असर गरेको भन्दै उहाँले त्यसतर्फ पनि राज्यले ध्यान दिन सक्नुपर्ने धारणा राख्नुभयो ।



More Albums
सुनको आपूर्ति बढाउन सरकार सकारात्मक, छिट्टै निर्णय हुन्छः अर्थमन्त्री पौडेल
काठमाडौं । सुनको आपूर्ति बढाउन सरकार सकारात्मक वनेको छ । बज ...

दौड प्रतियोगितामा महासंघका अध्यक्ष शाक्य बिजयी
काठमाडौं- नेपाल चेम्वस अफ कमर्शले शनिबार बिहाना काठमाडौंमा ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको आठौं स्थापना दिवस भब्यरुपमा सम्पन्न
काठमाडौं- नेपाल सुनचाँदी ब्यवसायी महासंघको आठौं स्थापना दि ...

सुनको आपूर्ति बढाउन वाणिज्य मन्त्री भट्ट सँग आग्रह
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट ...

सुनको आपूर्ति तत्काल बढाउन माग
काठमाडौं । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति ...

नेपाल सुनचाँदी ब्यबसायी महासंघको प्रतिनिधीमण्डल र शिक्षा मन्त्रि श्रेष्ठबीच भेटवार्ता सम्पन्न
काठमाडौं- नेपाल सुनचाँदी ब्यबसायी महासंघको प्रतिनिधीमण्डल ...

आमस्मिक पदाधिकारी वैठक सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महसंघको आकस्मिक पदाधिक ...

नुवाकोट सुनचाँदी व्यवसायी संघको सातौ र आठौ साधारणसभा सम्पन्न
नुवाकोेट । नुवाकोट सुनचाँदी व्यवसायी संघको सातौ र आठौ वार्ष ...

सुनचाँदी व्यवसायी संघ कास्कीको पदस्थापन
काठमाडौं सुनचाँदी व्यवसायी संघ कास्कीको तेस्रो अधिवेशनबाट ...

जेम्स एण्ड ज्वेलरी काउन्सिलको पुनर्गठन ।
काठमाडौं- सुनचाँदी ब्यवसायको प्रवद्र्धन गर्ने प्रमूख उद्ध ...