पेशागत सुरक्षाकालागि एकजुट हुन सुनचाँदी ब्यवसायीको आग्रह
Date: Jan 18, 2022
काठमाडौं ।
सुनचाँदी ब्यवसायीहरुले ब्यवसायीक सुरक्षाकालागि ब्यवसायिहरुवीच एकता हन्ुपर्ने खाँचो औंल्याएका छन् । ब्यवसायीवीच एकता हुन नसके त्यसको अशर समग्र सुनचाँदी ब्यवसायमा पर्ने भएकोले एकै प्रकृतिका संस्थाहरु आपसमा मिलेर अगाडि बढ्नु पर्ने खाँचो उनीहरुले औंल्याए ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले नेपाल सुनचाँदी रत्न तथा आभुषण ब्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा शोमबार काठमाडौंमा आयोजना गरेको वधाई तथा स्वागत कार्यक्रममा सहभागी ब्यवसायीहरुले दुई महासंघवीच आपसीएकताको खाँचो औल्याए ।
कार्यक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघ अध्यक्ष माणिक रत्न शाक्यले ब्यवसायीहरु एकजुट भएर अगाडि बढ्न सके जस्तो सुकै अप्ठ्यारा र चुनौतिहरुलाई पनि सहजै चिर्न सकीने बताउनुभयो । सुनचाँदी ब्यवसायीले कच्चा पदार्थको अभाव देखि अन्य धेरै समस्या झेल्नु परेको उल्लेख गर्दै यसका समाधानका लागि नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण ब्यवसायी महासंघवीच कम्तिमा पनि साझा मुद्धामा एकता हुनुपर्ने आवश्यकता औंल्याउनुुभयो ।
त्यसक्रममा रत्न तथा आभुषण ब्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष सुरेश मान शाक्यले सवै सुनचाँदी ब्यवसायीका मुद्धा एउटै भएकोले सवै मिलेर अगाडि बढ्नुपर्ने खाँचो औल्याउनुभयो । त्यसक्रममा महासंघका बिशिष्ट सदस्य मणिरत्न शाक्यले दुई महासंघवीच कम्तिमा पनि कार्यगत एकता हुनुपर्ने खाँचो औंल्याउनुभयो ।
कार्यक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका तर्फवाट नेपाल सुनचाँदी रत्न तथा आभुषण ब्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरिएको थियो ।
More Albums
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रदेश स्तरीय ...
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका कर्मचारी स्वर ...
काठमाडौं ।
बिश्वब्यापी महामारीकारुपमा फैलिएको कोभिड १९ वा ...
कास्की । नेपाल सुनचाँदी व्यवसायी महासँघ गण्डकी प्रदेशको आय ...
प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीसँगको भेटपछि नेपाल स ...
महान्यायाधिवक्ता रमेश बडालसंग समसामयिक बिषयमा छलफल गर्दै न ...
काठमाडौं ।
सुनचाँदी क्षेत्रको विकास र विस्तारका लागि यो क् ...
काठमाडौं ।
रूपन्देही सुन चाँदी व्यावसायि सघं को पाचौं साधार ...
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल बंगलादेश ...
काठमाडौं ।
सुनको आपूर्ति बढाउन नेपाल राष्ट्र बैंक सकारात्म ...