पेशागत सुरक्षाकालागि एकजुट हुन सुनचाँदी ब्यवसायीको आग्रह
Date: Jan 18, 2022
काठमाडौं ।
सुनचाँदी ब्यवसायीहरुले ब्यवसायीक सुरक्षाकालागि ब्यवसायिहरुवीच एकता हन्ुपर्ने खाँचो औंल्याएका छन् । ब्यवसायीवीच एकता हुन नसके त्यसको अशर समग्र सुनचाँदी ब्यवसायमा पर्ने भएकोले एकै प्रकृतिका संस्थाहरु आपसमा मिलेर अगाडि बढ्नु पर्ने खाँचो उनीहरुले औंल्याए ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले नेपाल सुनचाँदी रत्न तथा आभुषण ब्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा शोमबार काठमाडौंमा आयोजना गरेको वधाई तथा स्वागत कार्यक्रममा सहभागी ब्यवसायीहरुले दुई महासंघवीच आपसीएकताको खाँचो औल्याए ।
कार्यक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघ अध्यक्ष माणिक रत्न शाक्यले ब्यवसायीहरु एकजुट भएर अगाडि बढ्न सके जस्तो सुकै अप्ठ्यारा र चुनौतिहरुलाई पनि सहजै चिर्न सकीने बताउनुभयो । सुनचाँदी ब्यवसायीले कच्चा पदार्थको अभाव देखि अन्य धेरै समस्या झेल्नु परेको उल्लेख गर्दै यसका समाधानका लागि नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण ब्यवसायी महासंघवीच कम्तिमा पनि साझा मुद्धामा एकता हुनुपर्ने आवश्यकता औंल्याउनुुभयो ।
त्यसक्रममा रत्न तथा आभुषण ब्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष सुरेश मान शाक्यले सवै सुनचाँदी ब्यवसायीका मुद्धा एउटै भएकोले सवै मिलेर अगाडि बढ्नुपर्ने खाँचो औल्याउनुभयो । त्यसक्रममा महासंघका बिशिष्ट सदस्य मणिरत्न शाक्यले दुई महासंघवीच कम्तिमा पनि कार्यगत एकता हुनुपर्ने खाँचो औंल्याउनुभयो ।
कार्यक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका तर्फवाट नेपाल सुनचाँदी रत्न तथा आभुषण ब्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरिएको थियो ।
More Albums
तुलसीपुर-
नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय अध्य ...
काठमाडौं ।
सुनको आपूर्ति बढाउन सरकार सकारात्मक वनेको छ । बज ...
काठमाडौं-
नेपाल चेम्वस अफ कमर्शले शनिबार बिहाना काठमाडौंमा ...
काठमाडौं-
नेपाल सुनचाँदी ब्यवसायी महासंघको आठौं स्थापना दि ...
काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट ...
काठमाडौं । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति ...
काठमाडौं-
नेपाल सुनचाँदी ब्यबसायी महासंघको प्रतिनिधीमण्डल ...
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महसंघको आकस्मिक पदाधिक ...
नुवाकोेट । नुवाकोट सुनचाँदी व्यवसायी संघको सातौ र आठौ वार्ष ...
काठमाडौं
सुनचाँदी व्यवसायी संघ कास्कीको तेस्रो अधिवेशनबाट ...