Tel +977-1-4532270
12
Kartik
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
202590/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
2542/-

FINE GOLD (9999)
per 1 tola

रु
236300

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
2965

Notices:

सुनचाँदी ब्यवसायीलाई गोएएमएल सफ्टवेयर सञ्चालनबारे प्रशिक्षण

Date: Aug 04, 2023
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले महासंघमा आवद्ध सुनचाँदी ब्यवसायीहरुलाई गोएएमएल सफ्टवेयर सञ्चालनबारे प्रशिक्षण दिएको छ । नेपाल राष्ट्र बैंकको वित्तिय जानकारी इकाइ (एफआईयु) सँगको सहकार्यमा सो प्रशिक्षण दिइएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सम्पत्ति शुद्धीकरण अभियान अन्तर्गत बिश्वबजारमा विभिन्न किसिमका नयाँ नयाँ प्रविधी प्रयोग भैरहेको विद्यमान अवस्थामा नेपालमा पनि गोएएमएल सफ्टवेयर सञ्चालनमा आएको बताउनुभयो । सम्पत्ति शुद्धिकरण तथा आतंककारी कृयाकलापमा वित्तिय लगानी निरुत्साही गर्न सहयोग पु¥à¤¯à¤¾à¤‰à¤¨à¥‡ उद्धेश्यले बिश्वका विभिन्न देशमा यस किसिमका सफ्टवेयरको प्रयोग भैरहेको उहाँले बताउनुभयो । प्रशिक्षण कार्यक्रममा देशभरका विभिन्न जिल्ला तथा प्रदेशका ब्यवसायीहरुको सहभागिता रहेको थियो । त्यसक्रममा ब्यवसायीहरुलाई गोएएमएल सफ्टवेयर र यसको परिचय, आवश्यकता तथा ब्यवसायीको दायित्व र जिम्मेवारी लगायतका बिषयमा जानकारी गराइएको थियो । प्रशिक्षणका क्रममा नेपाल राष्ट्र बैंकको वित्तिय जानकारी इकाइका प्रमूख केशवप्रसाद रिमालले गोएएमएल सफ्टवेयर र यसको आवश्यकताका बारेमा जानकारी गराउनुभयो । त्यसक्रममा नेपाल राष्ट्र बैंकको वित्तिय जानकारी इकाइका आइटी विज्ञ दिपक पराजुलीले गोएएमएल सफ्टवेयर र यसको प्रयोगका बिषयमा ब्यवसायीहरुलाई प्रशिक्षण दिनुभयो । उहाँका अनुसार नेपालमा सुनचाँदीको कारोबार गर्ने ब्यवसायी मध्ये एकै पटक १० लाख वा सो भन्दा बढीको कारोबार गर्ने ब्यवसायीले त्यस्तो कारोबार गर्ने ब्यक्तिको विवरण गोएएमएल सफ्टवेयर मार्फत भर्नुपर्ने हुन्छ । सो जानकारी राष्ट्र बैंकको वित्तिय जानकारी इकाइमा पुग्दछ । त्यसका अधारमा संकास्पद कारोबार लागेको खण्डमा राष्ट्र बैंकले थप अनुसन्धान गर्ने र छानविनका लागि सम्वद्ध निकायमा सिफारिस गर्ने लगायतका कार्य गर्दछ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका द्धित्तिय उपाध्यक्ष दियेशरत्न शाक्यको संयोजकत्वमा भएको सो कार्यक्रममा महासंघका बिशिष्ट सदस्य मणिरत्न शाक्य, निवर्तमान अध्यक्ष मोहन कुमार सुनार, वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, महासचिव धर्मसुन्दर बज्राचार्य लगायत विभिन्न विभिन्न जिल्ला तथा प्रदेशका ब्यवसायीहरुको सहभागिता रहेको थियो । गोएएमएल वित्तिय जानकरी उपलब्ध गराउने एकिकृत सफ्टवेयर हो । यो सफ्टवेयर लागु औषध तथा अवराध सम्वन्धी संयुक्त राष्ट्र संघीय कार्यक्रम (युएनओडिसिज्) कार्यक्रम अन्तर्गत लागु गरिएको हो ।



More Albums
सुनचाँदी ब्यवसायीलाई गोएएमएल सफ्टवेयर सञ्चालनबारे प्रशिक्षण
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

बजेटले गरेको नयाँ ब्यवस्थाप्रति सुनचाँदी ब्यवसायीको असन्तुष्टि, बजेट नियन्त्रणमुखी र विभेदकारी भएको
कठमाडौं । नेपाल भरका सुनचाँदी ...

औद्योगिक वातावरण सुधार गर्न प्रतिवद्धछौंः वाणिज्य मन्त्री रिजाल
काठमाडौं । नवनियुक्त उद्योग, ठ...

मुलुकको आर्थिक विकासकालागि सवैको साथ आवश्यक छः अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्र ...

खानी उत्खनन् र रिफाइनरी सेन्टर सञ्चालनमालागि निजी क्षेत्रलाई वाटो खोल्न सरकार तयार
काठमाडौं । उद्योग, बाणिज्य तथठ...

सुनचाँदी ब्यवसायलाई घरेलु उद्योगकोरुपमा विकास गर्न सकिन्छः राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्à ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको दशौं स्थापना दिवस भब्यताका साथ सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

सुनका गरगहनाको कारोबार गर्ने ब्यवसायी लाई अपराधि जस्तो ब्यवहार गर्न थालियोः नेपाल सुनचाँदी ब्यवसायी
काठमाडौं । नेपाल सुनचाँदी ब्ठ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघका सल्लाहकारहरु सम्मानीत
काठमाडौं । प्रतिनिधीसभाको नि ...

बजारको आवश्यकता अनुसार सुन चाँदी उपलब्ध गराउन प्रतिवद्ध छौंः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंक ...