सुनको आपूर्ति बढाउन राष्ट्र बैंक सकारात्मक ।
Date: Mar 17, 2021
काठमाडौं ।
सुनको आपूर्ति बढाउन नेपाल राष्ट्र बैंक सकारात्मक वनेको छ । बजारमा सुनको चरम अभाव देखिन थालेपछि कोटा वृद्धिगर्न राष्ट्र बैंक तयार भएको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारीहरु सँग बुधबार भएको भेटकाक्रममा राष्ट्र बैंकका बरिष्ट डेपुटी गभर्नर डा. नीलम ढुङगाना तिम्सिनाले सुनको आपूर्ति बढाउन राष्ट्र बैंक सकारात्मक रहेको बताउनुभयो । उहाँले बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भैरहेको जनाउँदै केही दिन भित्रै यस बिषयमा निर्णय हुने बताउनुभयो ।
माग र आपूर्तिवीच चरम सन्तुलन देखिएको स्वीकार गर्दै उहाँले अहिलेको बजारको वास्तविक मागका बिषयमा ब्यवसायीहरुसँग चासो राख्नु भएको थियो ।
सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधमिण्डल सँगको भेटकाक्रममा अर्का डेपुटी गभर्नर बम बहादुर मिश्रले बजारमा सुनको अभाव देखिएको स्वीकार गर्दै माग र आपूर्तिको वीचमा सन्तुलन ल्याउनकालागि आपूर्ति बढाउन राष्ट्र बैंकले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
त्यसक्रममा विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलले कोटा वृद्धिकालागि आवश्यक प्रकृया अगाडि बढाउने प्रतिवद्धता जनाउनुभयो । सोही विभागका उपप्रमूख गुरु प्रसाद पौडेलले ब्यवासायीको माग सिघ्र सम्वोधन हुने बताउनुभयो ।
त्यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न राष्ट्र बैंकका पदाधिकारीहरु समक्ष आग्रह गर्नुभयो । उहाँले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको उल्लेख गर्नुभयो ।
अहिले बजारमा दैनिक ३० किलो सम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनु पर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । आवश्यकता अनुसार कच्चा सुन सहज रुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने र त्यसवाट सरकारी राजस्व समेत गुम्ने खतरा रहेको उहाँले स्मरण गराउनुभयो ।
पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो ।
More Albums
काठमाडौं ।
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालmयका सचिव मध ...
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले सुनचाँदी ब्यवसाय ...
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघको दशौं स्थापना द ...
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनका गहगहनाह ...
काठमाडौं ।
प्रतिनिधीसभाको निर्वाचनमा निर्वाचित हुनुहुने न ...
काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारील ...
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी ब्यव ...
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले प्रादेशिक संर ...
काठमाडौं ।
आन्तरिक राजस्व विभाग र नेपाल सुनचाँदी ब्यवसायी म ...
काठमाडौं ।
भारतको मुम्वइमा भएको इण्डियन इन्टरन्यासनल ज्वल ...