पेशागत सुरक्षाकालागि एकजुट हुन सुनचाँदी ब्यवसायीको आग्रह
Date: Jan 18, 2022
काठमाडौं ।
सुनचाँदी ब्यवसायीहरुले ब्यवसायीक सुरक्षाकालागि ब्यवसायिहरुवीच एकता हन्ुपर्ने खाँचो औंल्याएका छन् । ब्यवसायीवीच एकता हुन नसके त्यसको अशर समग्र सुनचाँदी ब्यवसायमा पर्ने भएकोले एकै प्रकृतिका संस्थाहरु आपसमा मिलेर अगाडि बढ्नु पर्ने खाँचो उनीहरुले औंल्याए ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले नेपाल सुनचाँदी रत्न तथा आभुषण ब्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा शोमबार काठमाडौंमा आयोजना गरेको वधाई तथा स्वागत कार्यक्रममा सहभागी ब्यवसायीहरुले दुई महासंघवीच आपसीएकताको खाँचो औल्याए ।
कार्यक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघ अध्यक्ष माणिक रत्न शाक्यले ब्यवसायीहरु एकजुट भएर अगाडि बढ्न सके जस्तो सुकै अप्ठ्यारा र चुनौतिहरुलाई पनि सहजै चिर्न सकीने बताउनुभयो । सुनचाँदी ब्यवसायीले कच्चा पदार्थको अभाव देखि अन्य धेरै समस्या झेल्नु परेको उल्लेख गर्दै यसका समाधानका लागि नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण ब्यवसायी महासंघवीच कम्तिमा पनि साझा मुद्धामा एकता हुनुपर्ने आवश्यकता औंल्याउनुुभयो ।
त्यसक्रममा रत्न तथा आभुषण ब्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष सुरेश मान शाक्यले सवै सुनचाँदी ब्यवसायीका मुद्धा एउटै भएकोले सवै मिलेर अगाडि बढ्नुपर्ने खाँचो औल्याउनुभयो । त्यसक्रममा महासंघका बिशिष्ट सदस्य मणिरत्न शाक्यले दुई महासंघवीच कम्तिमा पनि कार्यगत एकता हुनुपर्ने खाँचो औंल्याउनुभयो ।
कार्यक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका तर्फवाट नेपाल सुनचाँदी रत्न तथा आभुषण ब्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरिएको थियो ।
More Albums
काठमाडौं ।
सुनचाँदी ब्यवसायीहरुको छाता संस्था नेपाल सुनचा ...
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनको कोटा दैन ...
काठमाडौं ।
तनहुँ सुनचाँदी व्यवसायी संघ को पाँचौं वार्षिक सा ...
काठमाडौं ।
सुनचाँदी तथा रत्न आभुषण ब्यवसायी महासंघका अध्यक ...
काठमाडौं – सुन चाँदी ब्यवसायी संघ गोरखाको अध्यक्षमा टेकबहा ...
काठमाडौं ।
बजारमा कच्चा सुनको कमी हुन थालेपछि सुनचाँदी ब्यव ...
काठमाडौं ।
राष्ट्रिय योजना आयोगमा नवनियुक्त उपाध्यक्ष डा. व ...
सुनचाँदी ब्यवसाय सञ्चालनमा देखिएका
काठमाडौं ।
गृहमन्त्री ...
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट न ...
काठमाडौं ।
प्रधानमन्त्री शेर बहादुर देउवा र नेपाल सुनचाँदी ...