Tel +977-1-4532270
2
Baisakh
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
259515/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4475.50/-

FINE GOLD (9999)
per 1 tola

रु
302700

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
5220

Notices:

सुनचाँदी ब्यवसायीलाई गोएएमएल सफ्टवेयर सञ्चालनबारे प्रशिक्षण

Date: Aug 04, 2023
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले महासंघमा आवद्ध सुनचाँदी ब्यवसायीहरुलाई गोएएमएल सफ्टवेयर सञ्चालनबारे प्रशिक्षण दिएको छ । नेपाल राष्ट्र बैंकको वित्तिय जानकारी इकाइ (एफआईयु) सँगको सहकार्यमा सो प्रशिक्षण दिइएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सम्पत्ति शुद्धीकरण अभियान अन्तर्गत बिश्वबजारमा विभिन्न किसिमका नयाँ नयाँ प्रविधी प्रयोग भैरहेको विद्यमान अवस्थामा नेपालमा पनि गोएएमएल सफ्टवेयर सञ्चालनमा आएको बताउनुभयो । सम्पत्ति शुद्धिकरण तथा आतंककारी कृयाकलापमा वित्तिय लगानी निरुत्साही गर्न सहयोग पु¥à¤¯à¤¾à¤‰à¤¨à¥‡ उद्धेश्यले बिश्वका विभिन्न देशमा यस किसिमका सफ्टवेयरको प्रयोग भैरहेको उहाँले बताउनुभयो । प्रशिक्षण कार्यक्रममा देशभरका विभिन्न जिल्ला तथा प्रदेशका ब्यवसायीहरुको सहभागिता रहेको थियो । त्यसक्रममा ब्यवसायीहरुलाई गोएएमएल सफ्टवेयर र यसको परिचय, आवश्यकता तथा ब्यवसायीको दायित्व र जिम्मेवारी लगायतका बिषयमा जानकारी गराइएको थियो । प्रशिक्षणका क्रममा नेपाल राष्ट्र बैंकको वित्तिय जानकारी इकाइका प्रमूख केशवप्रसाद रिमालले गोएएमएल सफ्टवेयर र यसको आवश्यकताका बारेमा जानकारी गराउनुभयो । त्यसक्रममा नेपाल राष्ट्र बैंकको वित्तिय जानकारी इकाइका आइटी विज्ञ दिपक पराजुलीले गोएएमएल सफ्टवेयर र यसको प्रयोगका बिषयमा ब्यवसायीहरुलाई प्रशिक्षण दिनुभयो । उहाँका अनुसार नेपालमा सुनचाँदीको कारोबार गर्ने ब्यवसायी मध्ये एकै पटक १० लाख वा सो भन्दा बढीको कारोबार गर्ने ब्यवसायीले त्यस्तो कारोबार गर्ने ब्यक्तिको विवरण गोएएमएल सफ्टवेयर मार्फत भर्नुपर्ने हुन्छ । सो जानकारी राष्ट्र बैंकको वित्तिय जानकारी इकाइमा पुग्दछ । त्यसका अधारमा संकास्पद कारोबार लागेको खण्डमा राष्ट्र बैंकले थप अनुसन्धान गर्ने र छानविनका लागि सम्वद्ध निकायमा सिफारिस गर्ने लगायतका कार्य गर्दछ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका द्धित्तिय उपाध्यक्ष दियेशरत्न शाक्यको संयोजकत्वमा भएको सो कार्यक्रममा महासंघका बिशिष्ट सदस्य मणिरत्न शाक्य, निवर्तमान अध्यक्ष मोहन कुमार सुनार, वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, महासचिव धर्मसुन्दर बज्राचार्य लगायत विभिन्न विभिन्न जिल्ला तथा प्रदेशका ब्यवसायीहरुको सहभागिता रहेको थियो । गोएएमएल वित्तिय जानकरी उपलब्ध गराउने एकिकृत सफ्टवेयर हो । यो सफ्टवेयर लागु औषध तथा अवराध सम्वन्धी संयुक्त राष्ट्र संघीय कार्यक्रम (युएनओडिसिज्) कार्यक्रम अन्तर्गत लागु गरिएको हो ।



More Albums
१२ औं बार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन पेश गर्दै महासंघका कोषाध्यक्ष सुदिप श्रेष्ठ
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

१३ बुँदे पोखरा घोषणापत्र जारी
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

१३ बुँदे पोखरा घोषणापत्र जारी
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक साधारण सभा भब्यरुपमा सम्पन्न, १३ बुँदे पोखरा घोषणापत्
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

सुनचाँदी ब्यवसायी महासंघ लुम्विनी प्रदेशले बुझायो प्रधानमन्त्री ओलीलाई १३ बुँदे ज्ञापन पत्र
सुनाखरी न्युज दाङ । नेपाल सुनठ...

सुनचाँदीको भन्सार दर घटाउन उपप्रधानमन्त्री तथा अर्थ मन्त्री पौडेल सकारात्मक
काठमाडौं । उपप्रधानमन्त्री तà ...

सुनचाँदी ब्यवसायी महासंघद्धारा उपप्रधान एवं अर्थमन्त्री पौडेलसँग भेट, भन्सार दर समायोजन गर्न आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा क्षमता मूल्याङकन तथा अभमिुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

नेपालगञ्ज सुनचाँदी ब्यवसायी संघमा सलाउद्धीन जसगढको अध्यक्षतामा नयाँ कार्य समिति
बाँके । नेपालगञ्ज सुनचाँदी बॠ...

सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी मापदण्ड जारी गर्न आग्रह
काठमाडौं । सुनचाँदी ब्यवसायमà ...