Tel +977-1-4532270
19
Chaitra
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
154065/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
1745/-

FINE GOLD (9999)
per 1 tola

रु
179700

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
2035

Notices:

१३ बुँदे पोखरा घोषणापत्र जारी

Date: Mar 31, 2025
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक साधारण सभा २०८१ चैत १६ गते शनिबार कास्कीको पोखरामा सम्पन्न भएको छ । सञ्चार तथा सूचना प्रविधी मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमूख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको उद्घाटनका अवसरमा मन्त्री गुरुङले सुनचाँदी ब्यवसाय क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीति, निर्देशिका तथा कार्यविधी वनाउन आफूले पहल गर्ने बताउनुभयो । प्रष्ट नीति विना ब्यवसाय सञ्चालनमा असहज हुने भएकोले निर्देशिका अपरिहार्य भएको उहाँले बताउनुभयो । त्यसअघि मन्त्री गुरुङले पानसमा बत्ति वालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । त्यसक्रममा महासंघका अध्यक्ष एवं कार्यक्रमका सभापति अर्जुन रसाइलीले सुनचाँदी ब्यवसायका विभिन्न पक्षहरुको बिषयमा प्रकाश पार्नु भएको थियो । गत असारमा भएको अधिवेशनवाट निर्वाचित कार्य समितिले नौ महिनाको अवधिमा धुप्रै कामहरु गरेको प्रकाश पार्दै महासंघको रणनीतिक कार्ययोजना गष्ठी मार्फत आएका सुझावका आधारमा थप कार्यहरु गर्दै जाने बताउनुभयो । कार्यक्रममा पत्रपत्रिका, रेडियो÷ टिभी र अनलाइन क्षेत्रवाट सुनचाँदी पेशा ब्यवसायको बिषयमा कलम चलाउने तीन पत्रकारहरुलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा छापा माध्यमवाट अन्नपूर्ण पोष्टकी ममता थापा, रेडियो÷ भिटी विधावाट अन्नपूर्ण एफएमका दिपेन्द्र क्षेत्री र अनलाइन विधावाट नेपाल पृष्ठ डटकम का अमिर रामदान थिए । यस्तै गरी साधारण सभामा महासंघमा आवद्ध विभिन्न ८१ वटा जिल्ला÷नगर तथा वस्तुगत संघमध्येवाट उत्कृष्ट दुई वटा संघलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा जिल्ला संघको तर्फवाट चितवन सुनचाँदी ब्यवसायी संघ र नगर संघको तर्फवाट नेपाल सुनचाँदी ब्यवसायी संघ घोराही, दाङ रहेका छन् । यसैगरी काठमाडौं सुनचाँदी ब्यवसायी संघकी अध्यक्ष रोहिना शाक्यलाई पूथम महिला अध्यक्षको रुपमा सम्मानित गरिएको थियो । यस्तै साधारण सभाको आतिथ्य संस्था नेपाल सुनचाँदी ब्यवसायी महासंघ, गण्डकी प्रदेश र कास्की सुनचाँदी ब्यवसायी संघलाई सम्मान गरिएको थियो । साभारण सभाले महासंघको विधानको तेस्रो संशोधन २०८१ संशोधन सहित पारित गरेको छ । त्यसक्रममा महासचिव किरणभाई बज्राचार्यले प्रश्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुदिप श्रेष्ठले प्रश्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो । सभाको अन्त्यमा वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो । साधारण सभाको अवसरमा महासंघको ‘मुखपत्र स्वर्ण दर्पण’ को विमोचन गरिएको थियो । देशभरका सुनचाँदी ब्यवसायीका प्रतिनिधीहरु सहभागी सो साधारण सभामा महासंघको १३ बुँदे घपोखरा घोषणापत्र साार्वजनिक गरिएको थियो ।



More Albums
१२ औं बार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन पेश गर्दै महासंघका कोषाध्यक्ष सुदिप श्रेष्ठ
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक स ...

१३ बुँदे पोखरा घोषणापत्र जारी
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक स ...

१३ बुँदे पोखरा घोषणापत्र जारी
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक स ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक साधारण सभा भब्यरुपमा सम्पन्न, १३ बुँदे पोखरा घोषणापत्
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक स ...

सुनचाँदी ब्यवसायी महासंघ लुम्विनी प्रदेशले बुझायो प्रधानमन्त्री ओलीलाई १३ बुँदे ज्ञापन पत्र
सुनाखरी न्युज दाङ । नेपाल सुनचाँदी ब्यवसायी महासंघ लुम्वि ...

सुनचाँदीको भन्सार दर घटाउन उपप्रधानमन्त्री तथा अर्थ मन्त्री पौडेल सकारात्मक
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलल ...

सुनचाँदी ब्यवसायी महासंघद्धारा उपप्रधान एवं अर्थमन्त्री पौडेलसँग भेट, भन्सार दर समायोजन गर्न आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधीमण्ड ...

सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा क्षमता मूल्याङकन तथा अभमिुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको आयोजना भएको क् ...

नेपालगञ्ज सुनचाँदी ब्यवसायी संघमा सलाउद्धीन जसगढको अध्यक्षतामा नयाँ कार्य समिति
बाँके । नेपालगञ्ज सुनचाँदी ब्यवसायी संघ बाँकेको सातौं बार् ...

सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी मापदण्ड जारी गर्न आग्रह
काठमाडौं । सुनचाँदी ब्यवसायमा आवद्ध तीनवटा महासंघले यो ब्य ...