Tel +977-1-4532270
28
Falgun
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
146175/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
1714.50/-

FINE GOLD (9999)
per 1 tola

रु
170500

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
2000

Notices:

सुनचाँदी ब्यवसाय प्रवर्धन र प्रविधि हस्तान्तरणकालागि इण्डियन इन्टरन्यासनल ज्वेलरी शो उपलब्धिमूलक

Date: Aug 11, 2022
काठमाडौं । भारतको मुम्वइमा भएको इण्डियन इन्टरन्यासनल ज्वलरी शो (आइआइजेएस) सुनचाँदी ब्यवसाय प्रवद्र्धन र प्रविधि हस्तान्तरणकालागि उपलब्धिमूलक भएको मेलामा सहभागी नेपाली ब्यवसायीहरुले बताएका छन् । मेला यही साउन १९ देखि २३ सम्म भारतको मुम्वइमा भएको थियो । उक्र मेलामा नेपाल र भारतका सुनचाँदी ब्यवसायीहरुबीच सुनचाँदी ब्यवसाय प्रवद्र्धन र प्रविधि हस्तान्तरणका बिषयमा परामर्श भएको थियो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले मेलाका अवसरमा नेपालका तर्फवाट गएको प्रतिनिधिमण्डलले सुनचाँदी ब्यवसायमा भित्रिएको आधुनिक प्रविधि र दुई देशवीच त्यसको हस्तान्तरण तथा साटफेर गर्न मद्धत पुगेको बताउनुभयो । नेपालमा तर्फवाट मेलामा अध्यक्ष शाक्यको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली तथा मेला समितिका संयोजक विपिन रामुदामु लगायत महासंघको देशभरवाट छानिएका प्रतिनिधी सहभागी थिए । मेलाका अवसरमा भारतको जेम्स एण्ड ज्वलरी काउन्सिलका अध्यक्ष कोलिन शाह, कार्यकारी निर्देशक विक्रान्त प्रधान, अन्तर्राष्ट्रिय विभाग हेर्ने निर्देशक श्रीधर इंगार, पोलिसि लविङ डाइरेक्टर सुरुची खिन्द्रिया लगायतसँग दुई पक्षिय परामर्श भएको थियो । यस्तै सो अवसरमा इण्डियन इन्स्टिच्युट अफ जेम्स एण्ड ज्वेलरीका प्रिन्सिपल भरत भास्वानी लगायतका ब्यीक्तसँग पनि महासंघको प्रतिनिधिमण्डलले छफफल गरेको थियो । मेलाका अपसरमा दुई देशका ब्यवसायीबीच आपसी सम्वन्ध विस्तार, गरगहनाको क्षेत्रमा विकास भएका नविनतम प्रविधिको साटासाट तथा आगामी दिनमा दुई पक्षवीचको सम्वन्ध थप सुदृढ वनाउने लगायतका बिषयमा छलफल भयो ।



More Albums
सुनचाँदी ब्यवसायी महासंघ लुम्विनी प्रदेशले बुझायो प्रधानमन्त्री ओलीलाई १३ बुँदे ज्ञापन पत्र
सुनाखरी न्युज दाङ । नेपाल सुनचाँदी ब्यवसायी महासंघ लुम्वि ...

सुनचाँदीको भन्सार दर घटाउन उपप्रधानमन्त्री तथा अर्थ मन्त्री पौडेल सकारात्मक
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलल ...

सुनचाँदी ब्यवसायी महासंघद्धारा उपप्रधान एवं अर्थमन्त्री पौडेलसँग भेट, भन्सार दर समायोजन गर्न आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधीमण्ड ...

सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा क्षमता मूल्याङकन तथा अभमिुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको आयोजना भएको क् ...

नेपालगञ्ज सुनचाँदी ब्यवसायी संघमा सलाउद्धीन जसगढको अध्यक्षतामा नयाँ कार्य समिति
बाँके । नेपालगञ्ज सुनचाँदी ब्यवसायी संघ बाँकेको सातौं बार् ...

सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी मापदण्ड जारी गर्न आग्रह
काठमाडौं । सुनचाँदी ब्यवसायमा आवद्ध तीनवटा महासंघले यो ब्य ...

सुनचाँदी ब्यवसायीलाई गोएएमएल सफ्टवेयर सञ्चालनबारे प्रशिक्षण
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले महासंघमा आवद् ...

बजेटले गरेको नयाँ ब्यवस्थाप्रति सुनचाँदी ब्यवसायीको असन्तुष्टि, बजेट नियन्त्रणमुखी र विभेदकारी भएको
कठमाडौं । नेपाल भरका सुनचाँदी ब्यवसायीहरुको छाता संस्थाको ...

औद्योगिक वातावरण सुधार गर्न प्रतिवद्धछौंः वाणिज्य मन्त्री रिजाल
काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रम ...

मुलुकको आर्थिक विकासकालागि सवैको साथ आवश्यक छः अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुकको आर्थिक ...